जेठ १५,
रामेछाप । नेपालमा कोरोना भाइरस संक्रमणका कारण थप एक नेपालीको मृत्यु भएको छ । बुधबार ललितपुरको किस्ट अस्पतालमा रहेका ललितपुर महानगरपालिका वडा नम्बर २२ का ५६ वर्षीय स्थानिय एक पुरुषको कोरोना संक्रमणका कारण निधन भएको ललितपुरका एस एस पी टेकबहादुर राईले जनता भ्वाइसलाइ जानकारी दिए ।
यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्य हुनेको संख्या ५ पुगेको छ । उनी कलेजोको रोगबाट ग्रसित थिए ।
उनको उपचारको क्रममा मृत्यु भएको र कोरोनाको परीक्षणमा पीसिआर रिपोर्ट पोजेटिभ आएको उनले बताए । यस अघि ३ पुरुष र एक महिलाको मृत्यु भएको थियो । नेपालमा कोरोना संक्रमण जितेर १ सय ८३ जना घर फर्कीएका छन् ।





