Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

एकैदिन १२९ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ९ सय नाघ्यो

जनता भ्वाइस by जनता भ्वाइस
May 28, 2020
in समाचार
0
देशभरका ओपिडी सञ्‍चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ १५

काठमाडौं । नेपालमा बुधबार एकैदिन १ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धरान, विराटनगर, पोखरा, हेटौंडा, दाङ, पोखरा र सुर्खेतमा गरिएको परीक्षणमा एकैदिन यति धेरै संख्‍यामा संक्रमित भेटिएका हुन् । योसँगै कुल संक्रमित संख्या ९ सय १ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जनामा पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएकाहरु सबै सप्तरीका हुन् ।

कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका १७ जना , हेटौंडामा भएको परीक्षणमा रौतहटका ७ सहित ८ जना, पोखरामा भएको परीक्षणमा बागलुङका ६ जना, दाङमा भएको परीक्षणमा रुकुम पूर्वका ३, दाङमा १५ गरी १८ जना, बाँकेको भेरी अस्पतालमा भएको परीक्षणमा १६ जनामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा. देवकोटाले बताए ।

यो पनि पढनुहोस्
१ सय १४ जनामा कोरोना पुष्टि : संक्रमिको संख्या ८८६

त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनाको पोजेटिभ रिपोर्ट आएको छ ।

उता वीरेन्द्रनगरको प्रयोगशालामा भएको परीक्षणबाट १५ जनामा पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । नेपालमा बुधबार संक्रमण देखिएका मध्ये पुरुष ८ सय ५ र महिला ९६ रहेका छन् । हालसम्म ५ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने १ सय १ ८३ जनाले कोरोनालाइ जितेका छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

राष्ट्रपति भण्डारीद्वारा १३ औं गणतन्त्र दिवसको शुभकामना

Next Post

आज १३ ‌औं गणतन्त्र दिवस

Next Post
आज १३ ‌औं गणतन्त्र दिवस

आज १३ ‌औं गणतन्त्र दिवस

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.