जेठ १५,
रामेछाप । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनको प्रस्तावमा नेपाली कांग्रेसको धारणाबारे कुनै पनि भ्रमपूर्ण समाचारले अलमलमा नपर्न आग्रह गरेका छन् ।
बुधबार राति ट्वीट गर्दै देउवाले नयाँ नक्शाबारे संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सकारात्मक रहेको पनि उल्लेख गरेका छन् ।उनले संशोधन प्रस्तावबारे संस्थागत निर्णय भने केन्द्रीय समितिको बैठकबाट गर्ने जानकारी दिएका छन् ।
देउवाले लेखेका छन्, ‘लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूभाग हुन् ।’
नेपाली कांग्रेसको धारणाबारे कुनैपनि भ्रमपुर्ण समाचारको अलमलमा नपर्न आग्रह गर्दछु l
— Sher Bahadur Deuba (@SherBDeuba) May 27, 2020
हामी प्रष्ट छौं लिम्पियाधुरा,कालापानी र लिपुलेक नेपालको भुभाग हुन् l अत संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सकारात्मक छ l यसबारे संस्थागत निर्णय केन्द्रीय समितिको बैठकबाट गर्नेछौं,जय नेपाल !





