जेठ १६, जनता भ्वाईस संवाददाता ।
रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं. १३ मा बौहाला कुकुरले टोकेर ५ जना घाइते भएका छन् । शुक्रबार बिहान एक्कासी गाउँमा कुकुर पसेर सबैलाई टोक्दै हिँडेपछि गाउँलेहरु मिलेर सो कुकुरलाई नियन्त्रणमा लिइएको वडाध्यक्ष राजेन्द्र चौहानले जनता भ्वाइसलाई जानकारी दिएका छन् ।
घाइते भएका ५ जना मध्ये स्थानीय इश्वरी भुजेल सख्त घाइते भएका कारण उनको तामाकोसी सहकारी अस्पताल, मन्थलीमा उपचार भइरहेको डा. केशवसिँ धामीले जानकारी दिएका छन् ।
घाइते भुजेलको अवस्थाको बारेमा थप जानकारी दिँदै धामी अगाडि भन्छन्, ‘घाइते भुजेलको अवस्था असामान्य भन्ने चाहिँ होइन ।
तर हात र अनुहारमा टोकेको कारणले अवस्था केही जटिल बन्ला कि भन्ने लागको छ । अहिले उहाँलाई औषधी प्रयोग गराइएको छ । अब ५ या ६ दिन पछि अवस्था हेरेर डिस्चार्ज गर्छौ ।
सो कुकुरलाई अहिले तारजालीभित्र थुनेर राखेका कारण अन्य क्षतिहुन पाएको छैन । गाउँको अवस्था सामान्य रहेको वडाध्यक्षको भनाई रहेको छ ।





