Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सिन्धुलीमा अहिलेसम्म १ हजार २७ जनाको आरडिटि टेस्ट

Kumar Shrestha by Kumar Shrestha
May 29, 2020
in राष्ट्रिय समाचार
0
संघीय संसद अन्तर्गतका ४ सय ४१ जनाको स्वाब संलकन
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

सम्झना श्रेष्ठ, जेष्ठ १६, शुक्रबार सिन्धुलीमाढी ।

सिन्धुलीमा अहिलेसम्म १०२७ जनाको र्यापिड डायग्नोष्टिक आरडिटि टेस्ट गरिएको छ । ९ वटा स्थानिय तह रहेको सिन्धुलीमा आरडिटि परिक्षणमा ३२ जनामा पोजेटिभ रिपोर्ट आएको छ भने ९९५ जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ल प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ । आरडिटि परिक्षणमा ३२ जनामा रिपोर्ट पोजेटिभ आएकाहरुको पिसिआर रिपोर्ट भने नेगेटिभ आएको छ ।

यस्तै अहिलेसम्म जिल्लाबाट १०० जनाको पिसिआर परिक्षण गरिएको छ, जसमा ९७ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ३ जनाको रिपोर्ट आउन बाँकी छ । यसैगरि जिल्लाबाट कोरोनाको आशंका गरि पिसिआर विधिबाट कोरोना जाँच गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहले जानकारी दिनुभयो । जिल्लाबाट अहिलेसम्म पिसिआर विधिबाट कोरोना जाँच गर्दा कसैको पनि रिपोर्ट पोजेटिभ आएको छैन तर, सिन्धुली स्थाई ठेगाना भएकी एक महिलामा भने यसअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।

जिल्लामा अहिले तयारी अवस्थामा ३२ बेडको आइशोलेसन तथा ४०६ बेडको क्वारेन्टाइन रहेका छन् । जिल्लामा अहिलेसम्म बिदेशबाट आउनेको संख्या ३७९ जना आएका छन् ति मध्ये गत बैशाखमा भारतबाट आउनेको संख्या १७२ रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सुचना अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार भारतबाट आएका नागरिकहरु जिल्लाको विभिन्न स्थानिय तहहरुको क्वारेन्टाइनमा रहेका छन् । अहिले जिल्लामा जम्मा १८६ जना क्वारेन्टाइनमा छन् ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

सिन्धुलीमा ३ अर्व २७ करोड ३७ लाख रुपैयाँ वजेट विनियोजन

Next Post

बौलाहा कुकुरको टोकाईबाट ५ जना घाईते, एक जना अस्पताल भर्ना

Next Post
बौलाहा कुकुरको टोकाईबाट ५ जना घाईते, एक जना अस्पताल भर्ना

बौलाहा कुकुरको टोकाईबाट ५ जना घाईते, एक जना अस्पताल भर्ना

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.