Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

स्थानीय प्रशासनले गरेको विभेदप्रति मन्थलीका व्यवसायी आक्रोसित् (भिडियो सहित)

Kumar Shrestha by Kumar Shrestha
June 4, 2020
in राष्ट्रिय समाचार, समाचार
0
स्थानीय प्रशासनले गरेको विभेदप्रति मन्थलीका व्यवसायी आक्रोसित् (भिडियो सहित)
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

जेठ २१, जनता भ्वाइस संवाददाता, रामेछाप


‘चिनी पनि धेरै खाएपछि तितो हुन्छ’ भनेझैं सरकारले पछिल्लो समय फेरि लकडाउन थपेपछि मन्थलीका व्यवसायीहरु दिक्क तथा आक्रोसित भएका छन् ।
स्थानीय प्रशासनले मन्थली बजारका दैनिक उपभोग्य सामग्री पाउने पसलहरु निष्चित समय अथार्त् बिहान ६ बजेदेखि ९ बजेसम्म खुला गरेको र अन्य पसलहरु बन्द गराएका कारण व्यवसायीहरु आक्रोसित भएका हुन् ।


बुधबार बिहान मन्थलीका व्यवसायीहरु भेला भएर अनौपचारिक रुपमा स्थानीय प्रशासनले तोकेको समय बिहान ६ देखि ९ बजेसम्म आफ्ना पसलहरु समेत खोल्न पाउने माग गरेका हुन् ।
जनता भ्वाइससँग आफ्नो दुःख पोख्दै मन्थलीमा वर्कशप संचालन गर्र्दै आएका जाहिर आलमले भने, ‘यही मन्थलीको बिनिता चोकमा सबै पसल खुला हुने, हामीले एकछिन पसल खोल्यौं भने प्रहरी आएर बन्द गर्छ । यो त अन्याए भएन ?’


त्यस्तै मन्थलीका अर्का जुत्ता चप्पल व्यवसायी शिव श्रेष्ठ पनि यो लकडाउन र स्थानीय प्रशासनले गरेको विभेद प्रति सन्तुष्ट छैनन् । उनी भन्छन्, ‘यसै पनि अहिले ग्राहकहरु सामानहरु किन्न आइरहेकै छन् । सामाजिक दूरी कायम गरेर ग्राहक बाँढिदै पसल खोल्न दिए भै गो नि ?’
‘भोलि रोग लाग्यो भने कसैले हेर्दैनन् । राज्यले हेर्दैन ।’ आक्रोसित व्यवासयी मध्ये मन्थलीका घडी पसल संचालन गर्ने व्यवसायी मोहन श्रेष्ठ समेत त्यस्तै धारणा राख्छन् ।


७२ दिनदेखि लकडाउन भइरहेको छ । खाद्यान्न तथा तरकारी पसलहरुमा बिहानैदेखि भिडभाड छ । धेरै व्यापारिहरुलाई यो कुरा मन परिरहेको देखिँदैन । यस्तै क्रममा मन्थलीका अर्का सुनचाँदी व्यवसायी तथा नेपाल सुनचाँदी कला व्यवसायी संघ जिल्ला शाखा रामेछाप सचिव सीतारा लोहार आफ्नो पिडा यसरी पोख्छन्, ‘पहुँच हुनेहरुले भित्री ढोकाबाट आफ्ना पसलहरु दिनभरी खोल्ने व्यवासयीहरु पनि यहीँ छन् । तर केही पसलहरु लकडाउनको कारणले मारमा परेका छन् । यस्तो अवस्थामा घरभाडा तथा दैनिक खानपानमा समेत समस्या भइरहेको छ ।’

ससर्ती हेर्दा व्यवसायीहरुको यो आक्रोस तथा गुनासो पनि गलत होइन । यो वास्तविकतालाई जिल्लाका उद्योगी तथा व्यवसायीहरुको हित हेर्ने संगठन रामेछाप उद्योग वाणिज्य संघले समेत साथ दिएको देखिन्छ । मन्थलीका व्यवासयीहरुको व्यथालाई सम्बोधन गर्दै रामेछाप उद्योग वाणिज्य संघका उपाध्यक्ष नवीन थापा मगर यस समस्यलाई यसरी सम्बोधन गर्छन्, ‘दैनिक व्यापार नहुनुले व्यवासयीहरुलाई घरभाडा तथा आयआर्जनमा समस्या परेको छ । त्यसैले स्थानीय प्रशासनले कम्तीमा ३ घण्टा चाहिँ सबै पसलहरुलाई खोल्न दिनुपर्छ ।’
केही समय अघि पनि मन्थलीका केही व्यवसायीहरुले चोरबाटो हुँदै प्रतिबन्धित सामग्रीहरु ल्याएर पनि बेच्ने गरेको अवस्थामा सामान्य पसल संचालकहरुलाई भने लकडाउन र स्थानीय प्रशासनले गरेको निर्णयप्रति चित्त नबुझेको अवस्था प्रष्टै देखिन्छ ।
बाँकी भिडियोमा…

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

जातिय हिंसा गर्ने सबै अपराधीलाइ राज्यले कानुनी दायराम ल्याउछ : प्रधानमन्त्री ओली(पूर्णपाठ)

Next Post

नारीलाई मनोरञ्जनात्मक साधनको रूपमा लिइएको पाइन्छ

Next Post
नारीलाई मनोरञ्जनात्मक साधनको रूपमा लिइएको पाइन्छ

नारीलाई मनोरञ्जनात्मक साधनको रूपमा लिइएको पाइन्छ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.