आदिम् कालदेखिको महिला हिंसा र थपिएको कोरोना कोरोना कहर काटिरहेको निम्न वर्गीय नेपालीहरुको अवस्था अहिले अत्यन्तै दयनीय रहेको छ ।
त्यसमा पनि निम्न र मध्यम वर्गीय नेपाली महिलाहरुको अवस्था त अहिले झन नाजुक रहेको छ । धेरै समय श्रीमान श्रीमती सङ्गै रहनु पर्दा सामान्य मनमुटाव हुनु स्वाभाविक हो । तर यसको सीमा अहिले पार हुँदै छ । दिनभरि कुनै काम नहुँदा र बिना काम घरमै बस्नुपर्दा मानिसहरूको दिमाग पनि खाली र खल्ती पनि खाली हुँदा डिप्रेसनमा गएका छन् ।
दिनभरि महिलाहरू घर परिवारको सेवामा दिन बिताई रहेका छन् । लामो समयसम्म देश लकडाउनमा जाँदा घरबाहिर भएका सबै परिवारहरु एक ठाउँमा जम्मा भएका छन् । यसलाई एउटा अवसरको रूपमा लिनुपर्ने हो । तर कतिपय घरपरिवारमा यसको गलत प्रभाव परेको देखिन्छ । सबै पुरुषहरु आफ्नो आफ्नो कामबाट फर्केर घर आएका छन् ।
उनीहरु अहिले एक ठाँउमा जम्मा हुने र दिनभरी तास जुवा खेल्ने र रात परेपछि रक्सी खाने गर्दै गरेको देखिन्छ । रक्सी खाएर आफ्नो परिवारसङ्ग अनाहकमा निहुँ खोज्ने र शारीरिक तथा मानसिक तनाव दिने गरेको घटनाहरु दिनहुँ सुन्न र देख्न सकिन्छ ।
यसको कारण मानिस फुर्सदमा परेर पनि हो जस्तो लाग्छ । ‘खाली दिमाग सैतानको घर’ भन्ने नेपाली उखान चरितार्थ भएको देखिन्छ । सधै बाहिर बाहिर रमाएर हिँड्न बानी परेकालाई घर जेल जस्तो पनि भएको छ । यो हुनको कारण स्वयं पुरुष मात्रै पनि होइन ।
कतिपय महिलाले नै यस्तो स्थितिको सिर्जना गरेको घटना पनि देख्न र सुन्न पाइन्छ । आफ्नो घरमा श्रीमती र छोराछोरी हुँदाहुँदै पनि केहि पुरुषहरुको परस्त्रीसङ्ग सम्बन्ध जोडिएको कारणले पनि पुरुषहरु आफ्नो घर परिवार बाट टाढा बस्न चाहन्छन् । अनि कतिपय महिलाहरुको सम्बन्ध पनि पर पुरुषसङ्ग जोडिएको हुनाले पनि पारिवारिक सम्बन्ध बिग्रन गएको हुनसक्छ । आफ्नो श्रीमतीले गरेको लाख मायालाई कुल्चेर परस्त्रीले गरेको नक्कली मायाको पछाडि दौडाहामा लागेकालाई अहिले घर जेल हुन र श्रीमतीलाई जासुसी लाग्नु स्वाभाविक हो ।
घरमा ढाँटेर म अफिसमा छु, मिनिङ्ग ढिलो सकिने भो, बाटोमा गाडी भेट्न सकिन, गाडीको टायर पन्चर भो, साथीलाई बाटोमा भेटेँ भनेर बाहाना बनाइ बाहिर रमाउनेहरु बढी मानसिक तनावमा पुगेका छन् । कतिपयले त आत्महत्याको बाटो पनि रोज्ने अवस्थामा पुगेका छन् । महिला मात्रै हिँसामा परेका छन् भन्न खोजिएको पनि हैन ।
श्रीमती मरेको महिना दिनमा अर्को श्रीमती खोजी दिने समाजले श्रीमान मरेर विधवा भएकी महिलालाई पर पुरुषसङ्ग बोलेको पनि देख्न सक्दैन । छोराछोरी, घरपरिवार, समाजको इज्जतको लागि उसले बाच्नु पर्ने र ?
पुरुष पनि हिंसामा परेका छन् । श्रीमानले कमाएको सम्पति कुम्ल्यार भाग्ने महिला पनि छन् । त्यसलाई निराकरण गर्न हामी सबै मिलेर लाग्नुपर्छ । त्यस्ता व्यत्तिहरुलाई सामाजिक बहिष्कार गर्नुपर्छ । पुरुषले जे गरे पनि सहनु पर्छ भनेर हामीले जन्मदेखि नै सिक्दै र देख्दै आयौँ । हजुरबाले भात नखाइ हजुरआमाले भात खान नमिल्ने ।
श्रीमानको जूठो थालमा खाना खानु पर्ने, गोडा धोएर पानी खानुपर्ने भनेर सिकाउने हाम्रो संस्कार रहेको छ । । ‘पाले पुन्य मारे पाप’ भनेर कन्यादान दिएर छोरी अन्माउने हाम्रो समाजले नै महिलामाथि विभेद गरेको छ । श्रीमती मरेको महिना दिनमा अर्को श्रीमती खोजी दिने समाजले श्रीमान मरेर विधवा भएकी महिलालाई पर पुरुषसङ्ग बोलेको पनि देख्न सक्दैन । छोराछोरी, घरपरिवार, समाजको इज्जतको लागि उसले बाच्नु पर्ने र ?
अनि इज्जत के महिलाको मात्रै जान्छ ? पुरुषले चाहिँ जे गरे पनि इज्जत जाँदैन ? उसलाई जे गर्न पनि छुट् ? वर्षौं घरपरिवारमा सम्पर्क बिहिन भएर १५ वटी तरुनी फेरेर घर फर्केको पुरुषलाई घर परिवार, समाज सबैले स्विकार्छ तर एक दिन परिवारको अनुमति बिना कोही महिला बाहिर गइन् भने उनलाई सबैले आँैलो ठड्याउछन् तँ कहाँ गइस् ?
महिला र पुरुष एक रथका दुई पाङ्ग्रा हुन् । यसमा दुई मत छैन । रथमा एउटा पाङ्ग्रा खराब भएपछि त्यो गुड्न सक्दैन । त्यस्तै हुन महिला र पुरुष पनि । महिला र पुरुषको सहकार्य बिना न घर चल्छ अन सृष्टि नै चल्छ । तर हाम्रो जस्तो पितृसत्तात्मक देशमा महिलालाई हेर्ने दृष्टिकोण नै फरक छ । महिलाहरु पछाडि परेका हैनन्, पारिएका हुन् ।
प्राकृतिक रूपमा महिला र पुरुषमा केही विविधता नभएको हैन । महिलाको शारीरिक बनावट पुरुषको भन्दा भिन्न पक्कै पनि छ । तर त्यसको गलत प्रयोग हातले नै गरेका छौँ ।
प्राकृतिक रूपमा महिला र पुरुषमा केही विविधता नभएको हैन । महिलाको शारीरिक बनावट पुरुषको भन्दा भिन्न पक्कै पनि छ । तर त्यसको गलत प्रयोग हातले नै गरेका छौँ । पुरुषले नभोगेका कतिपय अनुभूति महिलाले भोगेका छन् । अनि पुरुषले गर्न नसकेका कठिन काम पनि महिलाले गर्न सक्छन् । जब सम्म नेपाली समाजमा प्रत्येक व्यत्तिको जन्म महिलाबाट नै हुन्छ र उसको इज्जत गर्नु पर्छ भन्ने चेतना हँुदैन, तबसम्म महिलाहरु हिंसामा परिरहन्छन् ।
सन्तान उत्पादनकै कुरा गर्ने हो भने पुरुषलाई भन्दा महिलाई बढी जोखिम छ । हुन त महिला एक्लै मात्र आमा बन्ने होइन यसमा पुरुषको भूमिका पनि त्यतिकै छ । तर आफ्नो जीवनलाई दाउमा राखेर महिलाले आफ्नो सन्तानको जन्म दिन्छिन् । रजस्वला, प्रसव वेदना, सामुहिक बलात्कार जस्ता नितान्त लैङ्गकि पिडा महिलाले मात्रै भोगे कि छिन् ।
यसमा कोहि होइन भन्ने तथ्य बोकेर आउन सक्नुहुन्छ भने आउनुहोस् मिलेर बहस गरौँ । महिलाहरु हिंसामा पर्नुको मुख्य कारण पुरुष मात्रै होइन । यो त हाम्रो सामाजिक व्यवस्था हो । यहाँ नारीलाई नरकको मूल ढोका ठान्ने परम्परा छ । छोरा जन्मिदा खुसी हुने र ठूलो भाले काट्ने, अनि छोरी जन्मिदा कतिपय बाउहरु छोडेर भाग्ने गरेको घटनाहरु जताततै सुन्न र देख्न पाइन्छ । यो कस्तो खाले सोच हो ?
त्यो पुरुषले पनि बुझ्नुपर्ने हो मेरी आमा पनि छोरी नै हुन् । यदि मेरी आमा नै नहुनू भएको भए मेरो जन्म असम्भव थियो । अनि एउटा आमा छोरी जन्मिएको खुसी हुनुको साटो दुःखी हुन्छिन् । पुरुषले मात्रै महिला हिंसा गरेको हैन् । यो त हाम्रो सामाजिक बनावट नै त्यस्तै छ । जबसम्म एउटा आमा छोरी जन्मिदा खुसी हुने वातावरण सिर्जना हुँदैन ।
यहाँ के भनौं आफ्नो छोरी सुखी छिन् भने ज्वाइँलाई राम्रो मान्ने र गुणगान गाउने र बुहारीलाई भने जोइटिङ्ग्रे, स्वास्नीको फरियाभित्र पस्यो भनी देख्न नसक्ने हाम्रो समाज । आफ्नो छोरीको खुसी हेर्न चाहने एउटा आमा बुहारीको खुसी हेर्न सक्दिनन् भने कसरी महिलाको स्तर माथी उठाउनु सकिएला ?
तबसम्म महिलाहरु हिंसा मुक्त हुन सक्दैनन् । शारीरिक र मानसिक दुबै खाले हिंसामा महिलाहरू परेका छन् । नारीलाई मनोरञ्जनात्मक साधनको रूपमा लिइएको पनि पाइन्छ । होटेल, बार र रेस्टुरेन्टमा राम्राराम्रा युवतीलाई राखेर आफ्नो व्यापार व्यावसाय गरेको पनि पाइन्छ ।
यो कुरा पÞmेरि हामी महिलाले नै बुझ्न् नसकी राखेको हो कि जस्तो लाग्छ । यहाँ के भनौं आफ्नो छोरी सुखी छिन् भने ज्वाइँलाई राम्रो मान्ने र गुणगान गाउने र बुहारीलाई भने जोइटिङ्ग्रे, स्वास्नीको फरियाभित्र पस्यो भनी देख्न नसक्ने हाम्रो समाज । आफ्नो छोरीको खुसी हेर्न चाहने एउटा आमा बुहारीको खुसी हेर्न सक्दिनन् भने कसरी महिलाको स्तर माथी उठाउनु सकिएला ? छोरीहरु जन्मदेखि नै हिंसामा परेका छन् यो कुरामा सबैले सहमत नजनाउन पनि सक्छन् तर म मेरो देखाइ, भोगाइ र अनुभूतिको आधारमा यो कुरामा सहमत छु ।
छोरीलाई घरदेखि नै उसको परिवारले विभेद गरेको छ । सङ्गै स्कुल गएको छोरा आधा रातमा घर आएपनि उसलाई कसैले प्रश्न गर्दैन । तर छोरी कुनै कामबस ढिलो आइन् भने अनेक सन्का उप–सङ्का उब्जन्छ । हुन्त यो स्वाभाविक पनि हो किनकि छोरीहरु कतै सुरक्षित छैनन् । छोरी आफ्नै बाबा, हजुरबुबा, मामा, काका, फुपाजू, भिनाजू, दाजु र साथीहरूबाट पनि असुरक्षित छन् ।
महिलालाई कमजोर ठान्ने, माया गरेजस्तो गर्ने, सहयोग गरेजस्तो गरि हिंसा गरिरहेका छन् । छोरी सुरुमा जन्मघर अनि श्रीमानको घर, परिवार र समाज जताततै असुरक्षित छिन् ।
इज्जत छोरीको मात्रै हैन छोराको पनि हुन्छ र इज्जत छोरीको मात्रै होइन छोराको पनि जान्छ भनेर बुझाउन नसकेसम्म महिला हिंसाको अन्त्य हँुदैन । छोरालाई रुनु हुन्न भनेर सिकाउनेले छोरीलाई रुवाउनु हुन्न भनेर सिकाउन सक्नुपर्छ ।
पैतृक सम्पतिमा छोरीको पनि बराबर अधिकार हुनुपर्छ । जन्मघर र जन्मदाताबाट नै विभेदको अन्त्य हुनुपर्छ । अनिमात्र महिला माथिको विभेद र सबैखाले हिंसाको अन्त्य हुन सक्छ ।
आफ्नो छोरीको खुसी हेर्न चाहनेले बुहारीको खुसी हेर्न सन्ने हैसियत बनाउनु पर्छ । आफुलाई दुख्छ भने अरुलाई दुखाउनु हुन्न भन्ने चेतना सबैको खोपडि भरिनुपर्छ । महिलालाई मनोरञ्जन र भोग्या ठान्नेले मेरी आमा पनि महिला हो भनेर बुझ्न् सक्नुपर्छ ।
आफुलाई स्वतन्त्रता चाहिन्छ भन्नेले अर्काको स्वतन्त्रता हरण गर्नु हुन्न भन्ने चेतानको बिउ रोप्नुपर्छ । महिलालाई नरकको मुल ढोका ठान्नने परिपाटीको अन्त्य हुनुपर्छ । पैतृक सम्पतिमा छोरीको पनि बराबर अधिकार हुनुपर्छ । जन्मघर र जन्मदाताबाट नै विभेदको अन्त्य हुनुपर्छ । अनिमात्र महिला माथिको विभेद र सबैखाले हिंसाको अन्त्य हुन सक्छ ।