जेठ २३
रामेछाप । आज नेपालमा ३ सय २३ जनामा कोरोना पुष्टि भएको छ । आज पछिल्लो जानकारी अनुसार ३ सय २३ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार २ सय ३५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो जानकारी दिए ।
उनले शनिबार थप ३२ जना कोरोना संक्रमण मुक्त भएको पनि जानकारी दिए । योसँगै कोरोना निको भएर घर फर्किनेको संख्या ३ सय ६५ पुगेको छ । जसमा २ सय ९९ पुरुष र ६६ जना महिला रहेका छन् । file Photo





