जेठ २६,
काठमाडौं । २ जना सहसचिव सचिवमा बढुवा भएका छन् । न्याय सेवा आयोगले दुईजना सहसचिवलाई सचिवमा बढुवा गरेको हो।
आयोगको आज बसेको बैठकले कानुन मन्त्रालयका सहसचिव धनराज ज्ञवाली र उदयराज सापकोटालाई सचिवमा बढुवा गरेको हो। त्यस्तै सरकारले कानुन मन्त्रालयमा ऋषि राजभण्डारीलाई सरुवा गरेको छ।
कानुनका तत्कालीन सचिव राजीव गौतमले अवकाश लिएपछि राजभण्डारी कानुन मन्त्रालयको सचिवमा सरुवा भएका हुन्। आयोगले दुवैजना नवनियुक्त सचिवमध्ये ज्ञवालीलाई मन्त्रिपरिषद कार्यालय र सापकोटालाई सत्य निरुपण तथा मेलमिलाप आयोगमा पठाएको छ। file Photo