जेठ २९, सबिना कार्की, रामेछाप ।
रामेछाप । रामेछाप जिल्ला अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित ब्यक्तिको स्वास्थ्यमा समस्या भए पछि थप उचारका लागि काठमाण्डौ रेफर गरिएको छ । उनीहरुलाई पाटन अस्पताल पठाइएको हो । लिखु तामाकोशी गाउँपालिका वडा नं ७ का २६ वर्षीय पुरुषको स्वास्थ्यमा समस्या भएको हो ।
उनीसहित १७ जनामा गत शुक्रबार जिल्लाको लिख तामाकोशी गाउँपालिकाका ६ जना र गोकुल गंगा गाउँपालिकाका ११ जनामा एकै पटक कोरोना पुष्टि भएको थियो तर अरु १६ जनाको स्वास्थ्यमा क्रमिक सुधार भए पनि उनको स्वास्थ्यमा सुधार नदेखिएकाले काठमाण्डौ पठाएको अस्पतालका प्रमुख डा. आनन्द प्रसाद आचार्यले जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उनलाई ज्वारो निरन्तर रुपमा आएको बताएको छ । १ सय ५० जनाको स्वाब परीक्षण गरिएको छ । ३२ जनाको रिपोर्ट आउन बाकी छ । file Photo






