जेठ ३२,
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्ने भएको छ । अपरान्ह ४ बजे बस्ने बैठकमा अमेरिकी अनुदान सहायता प्रस्ताव (एमसीसी) बारे छलफल हुने बताएको छ ।
बैठकमा नेता भीम रावल, मन्त्रीहरु युवराज खतिवडा र प्रदीप ज्ञवालीलाई पनि सहभागी गराइने नेकपाका एक नेताले जानकारी दिएका छन् । यस अघि जेठ २७ बोलाइएको बैठक स्थगित गरिएको थियो ।
एमसीसीलाई लिएर विवाद बढेपछि गत जेठ १७ गते पनि नेकपा सचिवालय बैठक बसेको थियो । तर यस विषयलाई नेकपाले कुनै निर्णय गर्न सकेको छैन । एमसीसी सदनदेखी सडकसम्मा बिरोद् हुदै आएको छ । file Photo





