Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछाप : नगरपालिकाहरुकाे बजेट भन्दा गाउँपालिकाहरुकाे बजेट ज्याद,विगतलाई हेर्दा प्रगति शून्य !

जनता भ्वाइस by जनता भ्वाइस
June 26, 2020
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
रामेछापले २ अर्ब ९९ करोड ५२ लाख बजेट पायो
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
असार ११,

रामेछाप । जिल्लाका आठवटै स्थानीय तहहरुले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बुधबार सार्वजनीक गरेका छन् । कोरोना भाइरस संक्रमणले थङ्थिलो पारेको अर्थतन्त्रलाई सुधार गर्दै नागरिकहरुको जीवनस्तरमा सुधार ल्याउने, कृषि, पशुपंक्षी, पर्यटन, यातायात, सडक स्तरोन्नति, विकास निर्माण, लगाएत महत्वपूर्ण नीति तथा कार्यक्रम पालिकाका उप-प्रमुखहरुले प्रस्तुत गरेका हुन् । उनीहरुले सार्वजनिक गरेका नीति तथा कार्यक्रमले आगामी दिनमा नागरिकहरुको जीवनस्तरमा परिर्वतन ल्याउन सहयोग पुग्ने र कोरोना भाइरस संक्रमण नियान्त्रणमा भूमिका खेल्ने उनीहरुको विश्वास छ । यही विश्वासका साथ पालिकाहरुले आ–आफ्नो स्थानीय तहहरुको स्रोत र साधानलाई मध्यनजर गरि बजेट ल्याएका छन् ।

जिल्लाको सदरमुकाम समेत रहेको र पालिकाहरु मध्ये मुटुको रुपमा परिचित १४ वटा वडा रहेको मन्थली नगरपालिकाले सोही नीतिलाई अवलम्बन गरि १ अर्ब ७ करोड ३९ लाख ७७ हजार ७ सय ३८ रुपैयाँको बजेट ल्याएको छ । विनियोनित बजेट मध्ये आन्तरिक चालु तर्फ १२ करोड ६० लाख र सशर्त चालु तर्फ ५४ करोड विनियोजन गरिएको छ । त्यस्तै निशर्त आयोजना तथा कार्यक्रमको पूँजीगत समेतको लागि ४० करोड ४० लाख बजेट विनियोजजन् गरिएको छ ।

नगर प्रमुख रमेशकुमार बस्नेतले कोरोना भाइरस संक्रमण नियन्त्रण नगरको पहिलो प्राथमिकतामा राखेको बताए । बस्नेतका अनुसार आगामी आर्थिक वर्षमा नगर तरकारी, दूध, मासु, र अण्डामा आत्मनिरभर हुने छ ।

त्यस्तै जिल्लाको पुरानो सदरमुकाम र अधिकांश क्षेत्र सुख्खा ग्रस्त रहेको रामेछाप नगरपालिकाले पनि आफ्नो नगरपालिकाको स्रोत र साधनलाई मध्येनजर गरि बजेट ल्याएको दाबी नगर प्रमुख नरबहादुर थापा मगर गर्छन् ।

सो नगरपालिकाले ६० करोड १५ लाख ११ हजार ४ सय ६० रुपैयाँको बजेट ल्याएको छ । नगरपालिकाले कृषि र रोजगारीलाई पहिलो प्राथमिकतामा राखेर उक्त बजेट ल्याएको हो । नगरले कोरोना भाइरस संक्रमणका कारण प्रभावित भएकाहरुलाई रोजगारको अवसर बढाउने भन्दै कृषि र रोजगारिलाई पहिलो प्राथमिकतामा राखेको छ । नगर उपप्रमुख सृजना खड्काले सातौं नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोभिड–१९ का कारण विदेश तथा स्वदेशमा जागिर गुमाएका तथा बेरोजगार युवालाई व्यावसायीक कृषि तथा पशुपालनमा प्रोत्साहन गर्न युवा स्वरोजगारका कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

त्यस्तै गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि कूल ६२ करोड ३१ लाख २७ हजार बराबरको रकम ल्याएको छ।  चालु तर्फ ७ करोड ६८ लाख ७८ हजार छ । भने यो रकम रामेछाप नगरपालिकाको भन्दा बढी हो ।

त्यस्तै खाँडादेवी गाउँपालिकाले ८४ करोड ७२ लाखको बजेट ल्याएको छ । सातौ गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले उक्त बजेट प्रस्ताव गरेका हुन्। पालिकाले स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकता दिएको छ । गाउँपालिकाले १५ सय जनालाई रोजगारी दिने कार्यक्रम अगाडि सारेएको छ । कोरोना रोकथामलाई पहिलो प्रथामिकतामा उक्त गाउँपालिकाले पनि आत्मसात गरेको छ ।

लिखु तामाकोसी गाउँपालिकाले ५९ करोड ११ लाखको बजेट ल्याएको छ । पालिकाले आगामी दिनमा नागरिकको हितमा काम गर्ने पालिकाका प्रमुख गोविन्दबहादुर खड्काले प्रतिबद्धता जनाएका छन् । यो साल भने पालिकाको बजेट समयमै आएको छ ।

जिल्लाको उतरी क्षेत्रमा अवस्थित उमाकुण्ड गाउँपालिकाले ६० करोड ८१ लाख ८ हजारको प्रस्तावित बजेट ल्याएको छ । गाउँपालिकाको आर्थिक विधयेक २०७७ र बिनियोजन विधेयक २०७७ सभामा पेश भएको पालिकाले जनाएको छ । सभामा पेश भएको प्रस्तावित बजेट र विधयेक माथि दफावार छलफल प्रारम्भगरि छिटै गाउँसभासभाबाट पारित गर्ने गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले जनाकारी दिए ।

यसरी सर्सर्ती हेर्दा सबै नगर तथा गाउँपालिकाले बजेट आ–आफ्नो स्रोत साधानलाई हेरेर ल्याएको देखिन्छ । यो बजेट असारे विकासलाई कुरेर गाडी नै नकुदाइ सडकहरु काम नलाग्ने र जिर्ण बन्ने अवस्थामा पुगेको गत वर्षहरुको कामबाट पाठ सिकाइले यी स्थानीय तहहरुले नयाँ योजना र कार्यक्रम निर्धारित समयमा नै समापनगरि बजेटको कार्यान्वयन होला ? त्यो हेर्न भने बाँकी छ । file Photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

पाटन अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु : आजैको २ मृत्यु

Next Post

गोकुल गंगा नीति तथा कार्यक्रम यस्तो छ [फोटोसहित]

Next Post
गोकुल गंगा नीति तथा कार्यक्रम यस्तो छ [फोटोसहित]

गोकुल गंगा नीति तथा कार्यक्रम यस्तो छ [फोटोसहित]

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.