असार ११,
काठमाण्डौ ।नेपालमा कोरोनाबाट निको हुनेको सङ्ख्या दुई हजार ६ सय नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा तीन सय १२ जना कोरोनाबाट निको भएर डिस्चार्ज भएसँगै कोरोना निको भएर डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार ६ सय ५० पुगेको हो ।
आज डिस्चार्ज हुनेहरुमा जलेश्वर अस्पताल महोत्तरीबाट २१ पुरुष, दुल्लु अस्पताल दुल्लुबाट दुई महिला र पाँच पुरुष, गौरीशङ्कर कलेज रौतहटबाट तीन महिला र ७७ पुरुष, अल्पाइन नर्सिङ इन्स्टिच्युट सर्लाहीबाट ६९ पुरुष रहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।
त्यस्तै कोभिड-१९ युनिफाइड कमाण्ड अस्पताल बलम्बुबाट एक पुरुष, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाट दुई पुरुष, आइसोलेशन सेन्टर खजुरा बाँकेबाट दुई महिला र चार पुरुष, बर्दियाबाट दुई महिला, आइसोलेशन सेन्टर बनकटुवा बाँकेबाट तीन पुरुष डिस्चार्ज भएका हुन् ।
आइसोलेशन सेन्टर राप्ती सोनारी बाँकेबाट एक महिला र १० पुरुष, आइसोलेशन सेन्टर पिपरी कोहलपुर बाँकेबाट ६ पुरुष, लायन्स डेन्टल आइसोलेशन सेन्टर बाँकेबाट ६ पुरुष, प्रादेशिक अस्पताल सुर्खेतमा दैलेखबाट एक पुरुष तथा सुर्खेतबाट तीन महिला र २९ पुरुष डिस्चार्ज भएका हुन् ।
प्रादेशिक अस्पताल जनकपुर धनुषाबाट चार पुरुष, साई कृष्ण आइसोलेशन सप्तरीबाट तीन महिला र १२ पुरुष, सपई आइसोलेशन सेन्टर धनुषाबाट तीन महिला र ४२ पुरुष, सिरहाबाट एक पुरुष डिस्चार्ज भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
आजसम्म महिला दुई सय १६ र पुरुष दुई हजार चार सय ३४ गरी कुल दुई हजार ६ सय ५० जना डिस्चार्ज भएका छन् । fil Photo