असार १४,
रामेछाप । रामेछाप जिल्लामा आइतबारसम्म आरडिटी प्रविधिबाट ८ सय ६७ जनाको कोरोना परीक्षण गरिएको छ । जसमा १ सय ७९ जना महिला र ६ सय ८८ जना पुरुष रहेको जिल्ला अस्पताल रामेछापले विज्ञाप्ति मार्फत जनाएको छ ।
त्यस्तै हालसम्ममा ४ सय २९ जनाको स्वाब संकलन भएको छ । त्यस मध्येमा २३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । ३५ जनाको रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ । भने ३ सय ७१ जनाको रिपोर्ट नेगेटिभ आएको छ।
हालसम्ममा जिल्लाको, जिल्ला अस्पताल रामेछाप, तामाकोसी अस्पताल, रामेछाप सामुदायिक अस्पताल, मन्थली नगरपालिका, रामेछाप नगरपालिका, उमाकुण्ड गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, दोरम्बा गाउँपालिका, लिखु तामाकोसी गाउँपालिका र सुनापती गाउँपालिकामा गरि ५ सय ९ बेडको क्वारेन्टिन तयार पारिएको छ । भने ती क्वारेन्टिनमा १ सय ११ जना रहेको विज्ञाप्तिमा उल्लेख छ । जसमा ७ जना महिला र १ सय ४ जना पुरुष छन् ।
त्यस्तै जिल्ला अस्पताल रामेछापको आइसोलेसनमा ७ जना र लिखु तामाकोसी गाउँपालिकाको आइसोलेसनमा ३ जना गरि १० जना आइसोलेसनमा रहेको बताइएको छ । कोरोना महामारीको उच्च जोखिमलाइ ध्यानमाराखी जिल्लामा ७५ शैयाको आइसोलेसन कक्ष स्थापना गरिएको छ । file Photo