Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

स्वास्थ्यमन्त्रीको बोली एउटा, वास्तविकता अर्कै

जनता भ्वाइस by जनता भ्वाइस
June 29, 2020
in समाचार, स्वास्थ्य
0
स्वास्थ्यमन्त्रीको बोली एउटा, वास्तविकता अर्कै

:jf:YodGqL 9sfn :jf:Yo tyf hg;ªVof dGqfnoaf6 ul/Psf] sflGt afn c:ktfn cf]lk8L l6s6 PK;sf] z''ef/De sfo{qmddf dGqL efg''eQm 9sfn . ca ;]jfu|fxLn] l6s6 sf6g c:ktfn uP/ nfOg a:g' gkg]{ cgnfOgaf6} l6s6 sf6g ;Sg] 5g . . t:jL/ M rGb|snf If]qL÷/f;;

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

असार १५,

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले १५ असारदेखि दैनिक १० हजार जनाको कोरोना परीक्षण गरिने बताए पनि पछिल्लो एक सातामा परीक्षण दर भने खुम्चिँदै गएको छ ।

पछिल्लो एक सातामा औसत दैनिक पाँच हजार आठ सय नौ जनाको मात्रै कोरोना परीक्षण हुँदै आएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री ढकालले गत २६ जेठमा बसेको संसद् बैठकमा १५ असारदेखि दैनिक १० हजार जनाको कोरोना परीक्षण गरिने जानकारी दिएका थिए ।

निजी प्रयोगशालाले तीन हजार र बाँकी सरकारी ल्याबबाट गरी प्रतिदिन १० हजारको पिसिआर विधिमा परीक्षण गर्ने स्वास्थ्य मन्त्रालयको तयारी थियो । जनशक्ति व्यवस्थापन, ल्याबलाई २४ घण्टा सञ्चालन गर्ने र निजी क्षेत्रबाट परीक्षण गर्ने गरी तयारी अगाडि बढाइएको स्वास्थ्यमन्त्री ढकालले बताएका थिए । प्रतिप्रदेशबाट एक हजारका दरले र निजी क्षेत्रबाट तीन हजारका दरले प्रतिदिन परीक्षण हुने बताए पनि कार्यान्वयन भएन ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले आज (सोमबार)देखि दैनिक १० हजारको हाराहारीमा कोरोना परीक्षण गर्ने गरी तयारी भएको बताए । उनले भने, ‘दैनिक आठ हजार जनाको कोरोना परीक्षण गर्ने गरी क्षमता अभिवृद्धि भएको छ ।’

पछिल्लो एक सातामा ४० हजार ६ सय ६६ जनाको आरटी–पिसिआर प्रविधिबाट कोरोना परीक्षण हुँदै आएको छ । गत सोमबार ६ हजार एक सय ९८, मंगलबार चार हजार नौ सय ९५ र बुधबार ६ हजार आठ सय २८ जनाको कोरोना परीक्षण गरिएको थियो । यस्तै, गत बिहीबार ६ हजार पाँच सय ४३, शुक्रबार ६ हजार पाँच सय ३४, शनिवार चार हजार ६ सय ६ र आइतबार चार हजार ९ सय ६२ जनाको कोरोना परीक्षण भएको थियो ।

हालसम्म १२ हजार ७ सय ७२ जनालाई कोरोना संक्रमण देखिएको छ । आइतबार थप चार सय ६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएसँगै संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको हो ।

हालसम्म डिस्चार्ज हुनेको संख्या तीन हजार १३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । कुल संक्रमितमध्ये २८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

किन खुम्चियो पिसिआर परीक्षणको दायरा ?

देशभर रहेका प्रयोगशालामा निकै न्यून मात्रामा नमुनाहरू आएका कारण परीक्षणको दायरा कम हुँदै गएको पाइएको छ । सरकारले ‘नेसनल टेस्टिङ गाइडलाइन कोभिड १९’ मापदण्ड बनाएर परीक्षणको दायरालाई खुम्चाउँदै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण भई अस्पताल भर्ना भएका संक्रमितलाई परीक्षण नगरी डिस्चार्ज गर्न देशभरका सबै कोभिड–१९ अस्पताललाई गत २४ जेठमा निर्देशन दिएको थियो । लक्षण भएका संक्रमितलाई लक्षण देखिन छोडेको तीन तीन दिनभित्र र लक्षण नभएकालाई भर्ना भएको १४ दिनभित्र परीक्षण नगरी डिस्चार्ज गर्न मन्त्रालयले निर्देशन दिँदै पत्राचार गरेको हो । यो गाइडलाइनले पनि परीक्षणको दायरा खुम्चिएको विज्ञहरू बताउँछन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले प्रयोगशालामा नमुना होल्ड नभएको बताए । उनले भने, ‘आएका सबै नमुनाको परीक्षण गरिरहेका छौं । हामीसँग नमुना मौज्दात छैन । प्रयोगशालमा न्यून मात्रामा नमुना आएका छन् ।’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना परीक्षणका लागि इच्छुक निजी प्रयोगशालालाई गत २२ जेठमा प्रस्ताव आह्वान गरेको थियो । जसमध्ये उपत्यकाका नौ र बाहिरका १० वटा प्रयोगशालाले आवेदन भरेका थिए । तर, अहिलेसम्म पनि निजी प्रयोगशालाबाट कोरोना परीक्षण कार्य अघि बढ्न सकेको छैन । हाल २३ वटा प्रयोगशालाबाट कोरोना परीक्षण हुँदै आएको छ ।

स्वास्थ्य मन्त्रालयले १० वटा प्रयोगशाला थप गर्ने निर्णयसमेत गरेको थियो । मेची अस्पताल, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, सशस्त्र प्रहरी अस्पताल, पाल्पा अस्पताल, धौलागिरी अस्पताल, धनकुटा अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल र नेपाली सेना अस्पतालमा प्रयोगशाला थप गर्ने निर्णय भएको थियो । तर, अधिकांशमा परीक्षणका लागि तयारी भइरहेको भन्दै परीक्षण कार्य अझै सुरु हुन सकेको छैन ।

यस्तै, परीक्षण दायरा बढाउन स्वास्थ्य सेवा विभागले सात वटा अटोमेटेड आरएनए एक्स्ट्रयाक्सन मेसिन खरिद गर्ने तयारीमा छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले क्वारेन्टिनमा बस्नेहरूको संख्या बिस्तारै घट्दै गएको भन्दै परीक्षणको दायरा बढाउने सवालमा ‘पर्ख र हेर’को अवस्थामा रहेको बताए । उनले भने, ‘अहिले ६१ हजार सात सय ३१ जना क्वारेन्टिनमा छन् । अब कति नागरिक भित्रिन्छन् भन्ने कुराले पनि परीक्षण बढाउने या स्थिर राख्ने निर्धारण गर्छ ।’ यो समाचार आजको राजधानी दैनिकमा छ

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कोरोनाका कारण विश्वभर १५८ नेपालीको मृत्यु,२६ हजारबढी सङ्क्रमित

Next Post

कृषिमा आधारित प्रतीकात्मक दिवसले धान उत्पादनमा बृद्धि, कृषिमा आत्मनिर्भरता बन्ने विश्वास- प्रधानमन्त्री ओली (पूर्णपाठ)

Next Post
सप्तरीमा क्वारेन्टाईनमा बसेकी गर्भवती महिलाको मृत्यु

कृषिमा आधारित प्रतीकात्मक दिवसले धान उत्पादनमा बृद्धि, कृषिमा आत्मनिर्भरता बन्ने विश्वास- प्रधानमन्त्री ओली (पूर्णपाठ)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.