असार १७,
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेपालमा सलह किरा करिब एक महिना अघिनै प्रवेश गरेको बताएका छन् । बुधबार बिहान सामाजिक संजालमा लेख्दै उनले यस्तो बताएका हुन् । गत शनिबार तराईका विभिन्न जिल्लामा सलहका झुण्ड एकै साथ देखापरेको थियो । अहिले नेपालको ५२ जिल्लामा यसको प्रभाव परेको छ । कपिलवस्तु, दाङलगायत जिल्लामा यसले बालीनाली सख्खाप पार्न सुरु गरि सकेको छ । तर सरकारले भने यो सलहको समुह सानो मात्रमा रहेकाले खासै असर नपर्ने तर सुरक्षा भने अप्नाउनु पर्ने बताउदै आएको छ । नेता थापाले यस्तो सरकारले दावा गरे जस्तो सलह सामान्य क्षेति मात्रै पुर्याउने नभै यसले ठूलो समस्या निम्त्याउने उनको दाबी छ ।
सलह नेपाल प्रवेश गरेको करिब १ महिना भएको र अहिले आफ्नो खतरनाक व्यवहार देखाउँन थालेको उनले उल्लेख गरेका छन् । तर सरकारले सलह नियन्त्रण गर्ने उचित कदम चाल्न नसकेको उनको आरोपछ । कृषि मन्त्री घनश्याम भुषालले अंग्रेजी गीत बजाएपछि सलह कक्रकै पर्ने बताएका थिए । उनको सलहले खासै ठूलो समस्या ननिम्त्याउने जिकिर छ ।
नेता थापाले सलह नियन्त्रणमा सरकारी तयारी नरहेको भन्दै तत्काल नियन्त्रणको लागि काममा जुट्नपनि सुझाव दिएका छन् ।file Photo






