Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

खुल्नेभए रामेछापका पसलहरु, शर्त पूर्ण पालना नभए कडा कारवाही गर्ने चेतावनी

जनता भ्वाइस by जनता भ्वाइस
July 2, 2020
in राष्ट्रिय समाचार, समाचार
0
जेष्ठ ५ गते सम्म जिल्लामा गरिने गतिविधी बारे निर्णय लिन भोली सरोकारवालाको बैठक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

असार १७, जनता भ्वाइस संवाददाता,
रामेछाप । जिल्ला प्रशासन कार्यालय, रामेछापले लकडाउनका व्यवसायीहरुका लागि व्यवसायिक मोडल परिवर्तन गरेको छ । जिल्लाभर संचालन हुने व्यवसायको हकमा यस अघि बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म व्यापार व्यवसाय संचालन गर्न दिने भनिएकोमा बुधबार जारी गरिएको एक सूचना अनुसार भोलि बिहिबार देखि बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्मको लागि व्यवसाय गर्ने समायावधि तोकेको छ । उल्लेखित् सूचनानुसार स्टोर या विक्रेताले पसल परिसरमा सबुन पानी वा स्यानिटाइजरले हात धुने व्यवस्था मिलाउने, व्यवसाय परिसरमा सरसफाई गरी निश्चित दूरी कायम गरी खरिद र विक्रीको व्यवस्था मिलाउने र अनावश्यक भिड लाग्न नदिने जिम्मेवारी सम्बन्धित स्टोर र विक्रेता र व्यवसायीको हुनेछ भन्ने शर्त तोकिएको छ ।

त्यस्तै खरिद र विक्रीको लागि आएका व्यक्तिलाई अनिवार्य रुपमा मास्क लगाउन सुसूचित गर्ने, व्यवसायीले व्यवसाय सञ्चालन गर्दा विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारबाट निर्देशित जनस्वास्थ्य र सुरक्षाका मापदण्डहरूको पूर्ण पालना गर्ने र गराउने व्यवस्था मिलाउने, सकेसम्म दैनिक उपभोग्य वस्तुको प्याकेज बनाई विक्री वितरण गर्ने र ढुवानी साधनमा चालक र सह–चालक बाहेक मानिसहरु ओसार पसार नगर्ने जस्ता शर्तहरु सूचना मार्फत जिल्ला प्रशासन कार्यालयले जारी गरेको छ । यस्तो सूचनाको उलंघन गर्नेलाई प्रचलित कानुन बमोजिम कारवाही गर्ने बारेमा समेत जिल्ला प्रशासन कार्यालयले कडाईका साथ निर्देशन दिएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नियमित स्वास्थ्य परीक्षण गराएर प्रधानमन्त्री निवास फिर्ता

Next Post

नेपाली युवतिहरुमा के कमि छ जस्ले नेपाली युवा हरुलाइ बिदेशी युवती बिवाह गर्न प्रेरित गरेको छ?

Next Post
नेपाली युवतिहरुमा के कमि छ जस्ले नेपाली युवा हरुलाइ बिदेशी युवती बिवाह गर्न प्रेरित गरेको छ?

नेपाली युवतिहरुमा के कमि छ जस्ले नेपाली युवा हरुलाइ बिदेशी युवती बिवाह गर्न प्रेरित गरेको छ?

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.