गोरखामा एक कोरोना संक्रमितको मृत्यु,मृतकको संख्या ३३


असार २०,

काठमाडौं । नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । गएराती गोरखा अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको हो । यो संगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३३ पुगेको छ ।

उपचाका लागि अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका पालुङटार नगरपालिका- ७ का ४४ वर्षीय पुरुषको शनिबार बिहान पाँच बजेर पाँच मिनेट जाँदा निधन भएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

ती व्यक्ति दीर्घरोगी रहेको र कोरोना संक्रमणसँगै निमोनियाबाट ग्रसित रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. नविन थापाले जानकारी दिएका छन्‌।  गोरखा अस्पतालले जारी गरेको विज्ञप्ति :

तपाईको प्रतिकृया दिनुहोस्