असार २०,
रामेछाप । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप २ सय ३२ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १५ हजार ४ सय ९१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
त्यस्तै पछिल्लाे २४ घण्टामा २ सय २७ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । अब नेपालमा कोरोना सङ्क्रमण जितेर घर फिर्नेकाे सङ्ख्या ६ हजार ४ सय १५ पुगेको छ ।
नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणकाे कारण मृत्यु हुनेकाे सङ्ख्या ३४ पुगेकाे छ ।
नेपालमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ । पछिल्लोपटक गोरखाको पालुङटार नगरपालिकाका ४४ वर्षीय पुरुष र रुपन्देहीको देवदह नगरपालिकाका ७५ वर्षीय वृद्धको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शनिबार नियमित ‘प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मृतक दुवैजनाको शव नेपाली सेनाले व्यवस्थापन गरिसकेको जानकारी दिए ।
पछिल्लो २४ घन्टामा चार हजार ५० ओटा ‘पीसीआर’ परीक्षण भएको मन्त्रालयले जनाएको छ । अहिले देशभर नौ हजार ४२ जना ‘आइसोलेसन’मा रहेका छन् । ३३ हजार १२५ जना ‘क्वारेन्टिन’मा रहेका जनाइएको छ ।