असार २६
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज (शुक्रबार) बिहान ११ बजे बालुवाटारमा बोलाइएको छ । यसअघि पटक पटक डाकिएको बैठक प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच कुरा नमिल्दा बस्न सकेको छैन ।
अध्यक्ष दाहालपक्षले एक व्यक्ति एक पदको धारण अघि सारेका छन् । उनीहरुले ओलीले प्रधानमन्त्री वा अध्यक्ष एक पद छाड्नुपर्ने माग गरेका छन् । ओली कुनै हालतमा दुवै पद नछाड्ने अडानमा छन् । उनीहरुबिचको आजको बैठकको लागि तीन दिन दुबै अध्यक्षबिच सहमति जुटाउन समय दिएको मागेका छन् ।
दुबै अध्यक्षबिच कुरा नमिल्दा नेकपा फुट्को नजिक पगेको समेत बहस सुरुभएका छन् । आजको बैठकले यसलाई निकास दिने आशा गरिएको छ । तर हालको अवस्थालाई बुझ्नेहो भने आजको बैठकले पनि पार्टीलाई निकास दिन नसक्ने निश्चित छ ।file Photo