Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आफ्नै घरको सटरमा व्यवासय गर्ने व्यवसायीको ध्यानाकर्षण, व्यवसायीको हितमा सोच्नु पर्दैन र रामेछाप उद्योग वाणिज्य संघले ?

जनता भ्वाइस by जनता भ्वाइस
July 15, 2020
in राष्ट्रिय समाचार, समाचार
0
आफ्नै घरको सटरमा व्यवासय गर्ने व्यवसायीको ध्यानाकर्षण, व्यवसायीको हितमा सोच्नु पर्दैन र रामेछाप उद्योग वाणिज्य संघले ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

असार ३०, जनता भ्वाइस संवाददाता, रामेछाप रामेछाप उद्योग वाणिज्य संघ, मन्थलीको भवनमा भाडामा बस्ने व्यवसायीहरुले समयानुकूल आफूहरुको घरभाडा समायोजन हुनुपर्ने धारणा सहितको ध्यानाकर्षण पत्र बुझाएका हुन् । चेम्बर भवनको सडक सँगैको सटरमा विगत लामो समयदेखि भाडामा व्यवसाय संचालन गर्ने ३ व्यवसायीहरुले आज रामेछाप उद्योग वाणिज्य संघका महासचिव नवराज ढुङ्गेललाई उनकै कार्यकक्षमा भेटी ध्यानाकर्षण पत्र बुझाएका हुन् । व्यवसायी कृष्णप्रसाद अधिकारी, नवराज श्रेष्ठ र राजनप्रसाद ढुङ्गेलको संयुक्त हस्ताक्षर भएको उक्त ध्यानाकर्षण पत्र बुझ्ने क्रममा रामेछाप उद्योग वाणिज्य संघका सचिव सुरेस उदाश समेत सहभागी थिए । संसारमा नै महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरस कोभिड १९ का कारण व्यवसाय तहसनहस भएपछि आफूहरुले तिर्ने गरेको अधिकतम १६ हजार भाडामा समयको बाध्यतालाई विचार गर्दै उचित समायोजन हुनुपर्ने व्यवसायीहरुले बुझाएको ध्यानाकर्षण पत्रको आशय रहेको छ ।

ध्यानाकर्षण पत्रमा व्यवसायीहरुले किटेरै मुख्य सडकसँग जोडिएको जिल्ला समन्वय समितिको सटर भाडा समेत न्यूनतम ८ हजार देखि अधिकतम १३ हजार सम्म भएकोमा शाखा सडकमा रहेको रामेछाप उद्योग वाणिज्य संघको घरको सटरभाडा १६ हजार हुनुलाई अस्वभाविक मानेका छन् । व्यवसायिहरुले बुझाएको ध्यानाकषर्ण पत्रको मर्मानुसार उनीहरुको एकमात्र भनाई यस्तो रहेको छ, ‘रामेछाप उद्योग वाणिज्य संघको घर जुन बेलामा बोलकवोल भयो त्यो बेलाका लागि सटर भाडा सहि थियो होला तर यो विषम् परिस्थितिको अवस्थामा यो भाडा सुहाउँदो देखिदैन ।

मुख्य सडका रहेको जिल्ला समन्वय समितिको भाडा दर पनि ८ हजारदेखि १३ हजारभन्दा बढि पाइन्न तर यहाँका १६ हजार भन्दा बढि रहेको छ । उद्योग बाणिज्य संघ व्यवसायीहरुको छाता संगठन भनिन्छ, तर यो व्यवस्थाले के छाता संगठन हो यसले व्यापारी व्यवसायीको हितमा काम गर्छ त ?’ व्यवसायीहरुको प्रश्न यस्तो रहेको छ । ‘तपाईं व्यवसायीहरुको ध्यानाकर्षण पत्रमाथि रामेछाप उद्योग वाणिज्य संघले उचित सम्बोधन गरेन भने व्यवसाय नै छोड्नु हुन्छ, या अन्य केही विकल्प सोच्नु भएको छ ?’ भन्ने जनता भ्वाइसको जिज्ञासामा व्यवसायी कृष्णप्रसाद अधिकारी भन्छन्, ‘उचित सम्बोधन हुँदैन भन्नेमा त हामीलाई विश्वासै छैन । किनकी यो विषम् परिस्थितिमा उहाँहरु अनविज्ञ हुनुहुन्न ।

यदि हाम्रो विश्वासको दायरा भन्दा बाहिर गएर कुनै ठोस निर्णय रामेछाप उद्योग वाणिज्य संघले गर्न सकेन भने फेरि अर्को पटक पनि ध्यानाकर्षण गराउँछौं र त्यो बेला पनि भएन भने गाउँमा बारी बाँझै छ । त्यो जोत्न पनि त पछि पर्नु भएन नि ।’ अधिकारीको भनाई जस्तै रामेछाप उद्योग वाणिज्य संघका महासचिव नवराज ढुङ्गेल व्यवसायीहरुको माग अनुसार मिल्ने सम्मको लचक हुने बताउँछन् । प्रतिक्रियाकै क्रममा उनी भन्छन्, ‘उहाँहरुको समस्यालाई हामीले बुझेका छौं । अब आगामी साउन ५ गते बस्ने नियमित कार्यसमिति बैठकमा उहाँहरुको ध्यानाकर्षण पत्रको बारेमा छलफल गरिन्छ । बैठकले जस्तो निर्णय गर्छ त्यो बेलामा नै भन्न सकिन्छ ।

मेरो व्यक्तिगत धारणालाई भन्नुहुन्छ भने मिल्ने सम्मको लचकता अपनाउन सक्नुपर्छ ।’ रामेछाप उद्योग वाणिज्य संघले सटर भाडामा व्यवसाय गर्ने व्यवसायीको समयको प्रतिकूलताका कारण भाडा समायोजन गर्ने साहस गर्नुपर्छ । त्यो साहस यदि रामेछाप उद्योगा वणिज्य संघले गर्ने हो भने जिल्लाभरका घरभाडाको समायानुकूल समायोजनको चुनौति पनि रामेछाप उद्योग वाणिज्य संघलाई उत्तिकै रहन्छ । व्यवसायीहरुको हित र सुरक्षाका लागि तैनाथ उद्योग वाणिज्य संघ नलाग्ने हो भने व्यवसायीहरुले आफ्नो छाता संगठन प्रति कस्तो अपेक्षा राख्ने ? चोटिलो प्रश्न यहिनेर छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

वेबसाइटमा अश्लिल भिडियो अपलोड गरेको अभियोगमा पक्राउ

Next Post

अब केही दिन ठूलो पानी पर्दैन : मौसमविद

Next Post
आज पहाडी क्षेत्रका केही ठाउँमा चट्याङ र हावाहुरी सहित पानी पर्ने

अब केही दिन ठूलो पानी पर्दैन : मौसमविद

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...