साउन २
काठमाडौं । गत आर्थिक वर्ष ७६/७७ को तथ्यांकले उपत्यकामा सबैभन्दा बढी दुर्घटना मोटरसाइकल र स्कुटर रहेको देखाएको छ। महानगरीय ट्राफिक महाशाखाले दिएको जानकारी अनुसार मोटरसाईकल र स्कुटरको दुर्घटनाको संख्या ६ हजार ६ सय ३२ रहेको छ ।
ट्रक र टिपरको संख्या १ हजार ६ सय ३२, बस २ हजार ३३, माइक्रो २ सय ६७, कार,भ्यान र जीपको संख्या ६ हजार २ सय २०, टेम्पो र ट्याक्टर १ सय ४५ र साइकलको संख्या १ सय ३२ रहेका छन् । पैदल यात्रु ४७, दुई पाङ्ग्रे साधनबाट ७६, ट्रकबाट ५, साइकलबाट ५, बसबाट ६, टिपरबाट ३ र कार चलाउने ३ जनाले ज्यान गुमाएका हुन् ।
जसमा १ सय १७ पुरुष रहेका छन् भने २८ महिला रहेका छन् । file