२४ घण्टामा १७३ जना कोरोना मुक्त : १८६ जनामा कोरोना पुष्टि


साउन ०५, जनता भ्वाइस संवाददाता

रामेछाप । नेपालमा वितेको २४ घण्टामा १ सय ६७ जना कोरोना मुक्त भएका छन् । यो संगै नेपालमा कोरोना जित्नेको संख्या ११ हजार ८ सय ४४ जना पुगेको छ । यो ६६.५१ प्रतिशत हो ।

त्यस्तै २७ वटा परीक्षण स्थलबाट ४ हजार २ सयको परीक्षण गर्दा १ सय ८६ जनामा कोरोना पुष्टि भएको छ । यस मघ्येमा ५ हजार ९ सय ३६ जना सक्रिय संक्रमितहरु रहेको स्वास्थ्या मन्त्रालयको आज सोमबारको नियमित मिडिया ब्रिफिङका प्रवक्ता डा. जागेश्वार गौतमले जानकारी दिए ।

त्यस्तै कोरोना मुक्त हुने जिल्लाको संख्या सात पुगेको छ । कोरोनाको संक्रमित पाँच सयभन्दा बढी भएको जिल्लाको संख्या तीन पुगेको छ । हाल सम्ममा कोरोनाका कारण ४० जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिकृया दिनुहोस्