Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आज बाट अनलाइन कक्षा पुनः सञ्चालन हुने

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in शिक्षा, समाचार, सूचना प्रविधि
0
आज बाट अनलाइन कक्षा पुनः सञ्चालन हुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

८ साउन, काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले विभिन्न माग राखेर अवरुद्ध गरेको अनलाइन कक्षा पुनः सञ्चालन गर्ने भएका छन् । निजी तथा संस्थागत विद्यालय अर्गनाईजेसन (प्याब्सन), एनप्याब्सन, नेपाल अभिभावक महासंघ, राष्ट्रिय अभिभावक महासंघ र संस्थागत विद्यालय शिक्षक युनियनले ८ साउनदेखि अनलाइन कक्षा चलाउने निर्णय गरेको हो ।

१ भदौबाट मात्रै विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न पाइने सरकारको निर्णय पुनर्विचार गर्न संयुक्त रुपमा आग्रह गरी सकिएकाले अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरिएको एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले जानकारी दिए ।

विद्यालय सञ्चालक, शिक्षक र अभिभावक संघले तत्काल विद्यार्थी अभिलेखीकरण, पुस्तक वितरण, नयाँ भर्ना लगायतका क्रियाकलाप थाल्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग अनुरोध गरेको छ ।

यसैबीच, शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले विद्यालय पुनः सञ्चालनका विषयमा प्याब्सन, एनप्याब्सन, अभिभावक महासंघ र शिक्षकहरूसँग मन्त्रालयमा छलफल गरेका थिए । छलफलमा सहभागी अधिकांशले विद्यालय खोल्नुपर्ने सुझाव दिएका थिए ।छलफलमा आएका सुझाव विद्यालय पुनः सञ्चालन कार्यविधिमा राखिने मन्त्रालयले जनाएको छ ।

प्याब्सन र एनप्याब्सनले १ साउनदेखि अनलाइन कक्षा बन्द गरेका थिए । शिक्षा मन्त्रालयद्वारा जारी निर्देशिका अनुसार १ असारदेखि अनलाइन कक्षा सञ्चालन हुँदै आएको थियो ।अनलाईन खबरले लेखेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कक्षा १२ को परीक्षा असोजमा गर्ने तयारी हुँदै

Next Post

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुग्यो

Next Post
अमेरिकामा एकै दिन १९ सयले ज्यान गुमाए, विश्वमा १५ लाख बढी संक्रमित

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुग्यो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.