Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाकाे वार्षिकोत्सबमा राप्रपा अध्यक्षहरुकाे शुभकामना

जनता भ्वाइस by जनता भ्वाइस
August 12, 2020
in समाचार
0
प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाकाे वार्षिकोत्सबमा राप्रपा अध्यक्षहरुकाे शुभकामना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२८साउन,अष्ट्रेलिया ।

प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाकाे प्रथम वार्षिकोत्सबकाे उपलक्ष्यमा राप्रपा अध्यक्षहरुले शुभकामना व्यक्त गरेका छन् । भर्चुअल अन्तरक्रिया मार्फत शुभकामना दिनुहुँदै राप्रपा अध्यक्ष कमल थापाले विधिवत रूपमा राप्रपा एक भई सकेकाे र आगामि दिनमा राप्रपालाई काग्रेस र कम्युनिस्टकाे दाँजाेकाे अग्रणी शक्ति वनाईने वताए,स्वदेश तथा प्रवासमा रहने नेपालीकाे चाहाना पार्टी एकता र मुलुकमा वलियाे राष्ट्रवादी शक्ति निर्माण रहेकाे वताउदै उनले काेराेना प्रकाेपकाे कारण पार्टीलाई एकताको स्प्रिट अनुसार अगाडि वढाउन नसकिए पनि आगामि दिनमा सशक्त भएर अगाडि वढने वताए,विभिन्न जिल्लाहरूमा राप्रपामा प्रवेश गर्नेहरूकाे उत्साह वढेकाे वताउँदै अब पार्टीको कसैले चिन्ता लिन जरुरी छैन जीवन्त पार्टीमा छलफल,बहस स्वभाविक भएकाे वताए।

हिन्दुराष्ट्रकाे एजेन्डा वाेकेकाे पार्टीको चुनाव चिन्ह स्वभाविक रूपले गाई हुदा राम्रो हुने वताउदै चिन्हकाे विषय सहमति र समझदारीकाे आधारमा टुङ्याईने जानकारी दिए ।जनताले विकल्प खाेजी रहेकाे अवस्थामा काग्रेस कम्युनिस्टको विकल्प राप्रपा मात्र हो । ०६२ /०६३ काे मार्गचित्रकाे असफलता पछि एकमात्र वैचारिक प्रतिपक्ष राप्रपा भएकाे ,राप्रपालाई आउदाे चुनाव सम्म ठुलाे सफलता दिलाउन प्रवासमा रहेका सवै साथिहरूकाे महत्त्वपूर्ण भुमिका रहने उनले भनाई छ ।

शुभकामना दिँदै अर्का अध्यक्ष पशुपतिशमशेर राणाले नेपालकाे चिनारी धर्म,परम्परा ले गर्दै आएकाेमा धर्म निरपेक्षताले मुलुककाे पहिचान गुमेर ठुलाे धाेका भएकाे वताए,ठुला दलले न्युनतम ईमानदारी र दक्षता प्रदर्शन गर्न नसकेकाे वताउँदै राप्रपा मात्र मुलुककाे वैकल्पिक शक्ति रहेकाे वताए ।प्रवासमा रहेकाे नेपालीहरूकाे लागि राप्रपा हर प्रकारको सहयाेग गर्न तैयार रहेकाे र राणाले अब मुलुकले प्रवासी नेपालीकाे सहयाेग खाेजेकाे जिकिर गरे ।अर्का अध्यक्ष डा.प्रकाशचन्द्र लाेहनीले टेलिफाेन मार्फत प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाकाे प्रथम वार्षिकोत्सवकाे उपलक्ष्यमा शुभकामना व्यक्त गरेका थिए ।

साे कार्यक्रममा वाेल्दै राप्रपा केन्द्रीय सदस्य विजय खडकाले विश्वकाे २६ देशमा राप्रपा समर्थित प्रवासी नेपाली एकता समाजकाे सशक्त संगठन रहेकाे वताए ।राजसंस्था ,हिन्दुत्व र समृद्ध नेपालकाे लागि प्रवमसमा ठुलाे आकर्षण रहेकाे उनले वताए ।

साे अवसरमा राप्रपा युराेपकाे अध्यक्ष सुरेन्द्रमान अमात्य ,युएईका सल्लाहकार विश्वदेव शाह,कतारका अध्यक्ष गाैतम रिजाल वरिष्ठ सल्लाहकार डा.रामकृष्ण निराैला,समाजसेवी दिनेश पाेखरेल लगायतले शुभकामना व्यक्त गर्नु भएकाे थियाे । कार्यक्रम प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाका अध्यक्ष अजय राजवंशीले संचालन गरेका थिए।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

शैक्षिक गुणस्तर ल्याउन मन्थली नगरपालिकाले कुनै कसर बाँकी राख्दैन (भिडियो सहित)

Next Post

पार्कलाई सुन्दर बनाउन १ करोड सम्म बजेट दिन्छु – मन्त्री ढुङ्गेल (भिडियो सहित)

Next Post
पार्कलाई सुन्दर बनाउन १ करोड सम्म बजेट दिन्छु – मन्त्री ढुङ्गेल (भिडियो सहित)

पार्कलाई सुन्दर बनाउन १ करोड सम्म बजेट दिन्छु - मन्त्री ढुङ्गेल (भिडियो सहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.