Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मल बेच्दा कृषक ठग्ने नियन्त्रणमा, कृषक जागरण सहकारीको मल बिक्री केन्द्र सिल

जनता भ्वाइस by जनता भ्वाइस
September 7, 2020
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
सिन्धुली अस्पतालले डाक्टर न्यौपानेलाई दियो स्त्री तथा प्रसूति विभागको जिम्मेवारी, आफूमा थप दायित्व थपिएको उनको भनाई
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

भदौ ०२ । जनता भ्वाइस संवाददाता, रामेछाप ।
कृषक जागरण कृषि सहकारी संस्था ओख्रेनी, रामेछाप ६ को विक्री केन्द्र मन्थलीमा भएको मलमा कृषक ठगीका अभियुक्त पदमबहादुर लामालाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।


आज बिहान कृषक जागरण कृषि सहकारी संस्थाका व्यवस्थापक तथा मलका वितरक लामाले एमोनियम सल्फेट नामक मलको मूल्य लिएर युरिया मल बेचेको थिए । साल्ट टे«डिङ् कर्पोरेशन बनेपा अन्र्तगत वीरगंजबाट ल्याइएको उक्त युरिया मलको वीरगंज मूल्य ८ सय ४६ पर्ने भएको भएता पनि मन्थलीमा ल्याएर लामाले १ सय ६६ बोरा १ हजार ८ सयका दरले बेचेका थिए । कृषकको नाममा काटिएको बीलमा एमोनियम सल्फेट लेखेरै दिएको भएपनि मल भने युरिया भिडाइएको कृषकहरुले गुनासो गरेका थिए ।

लामालाई प्रहरी नियन्त्रणमा लिइ भ्यानमा हालिँदै


साथै कृषकहरुले आफूहरुले मल लिने बेलामा पैसा तिरेको बील पाएको र मल लिने बेला सो बिल फेरि खिचेर आफूहरुलाई बिल नै नदिएको गुनासो गरेका छन् ।


मन्थली स्थित सो सहकारीको विक्रीकेन्द्रमा जिल्ला प्रशासन र जिल्ला प्रहरी तथा पत्रकारहरुको रोहवरमा सिल गरिएको छ भने उक्त विक्री केन्द्रका संचालक तथा सहकारीका व्यवस्थापक पदमबहादुर लामालाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

लामालाई ठगी र कालोबजारी अन्तर्गत कारवाही हुने सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद भट्टराईले जनता भ्वाइसलाई जानकारी दिए ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

युरिया मल खरिदमा ठगिए कृषक, वितरक र साल्ट ट्रेडिङ बीच नै मिलेमतोको आशंका

Next Post

रहनेन् राष्ट्रकवि घिमिरे, नेपाली साहित्यका वृहस्पति अस्ताए

Next Post
रहनेन् राष्ट्रकवि घिमिरे, नेपाली साहित्यका वृहस्पति अस्ताए

रहनेन् राष्ट्रकवि घिमिरे, नेपाली साहित्यका वृहस्पति अस्ताए

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...