साउन ३१
पत्रकार रवि लामिछाने र उनका सहकर्मी युवराज कँडेल परेका छन् । महानगरीय प्रहरी परिसर, महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले लामिछानेलाई न्युज २४ को कार्यालयबाटै पक्राउ गरेको परिसरका प्रहरी उपरीक्षक अशोक सिंहले बताए । प्रकाउ पछि लामिछानेलाई चितवन प्रहरी टोलीलाई जिम्मा लगाइएको छ । लामिछानेलाई उनका पूर्वसहकर्मी शालिकराम पुडासैनीको आत्महत्याबारे छानबिन तथा अनुसन्धान गर्न पक्राउ गरिएको हो,’ चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले भने, ‘अहिलेलाई यति नै भनौं। बाँकी अनुसन्धानपछि मात्रै । ’
यसअघि पुडासैनीले आरोप लगाएका अस्मिता कार्कीलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।
माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा उनिहरुलाई पुडासैनिले आत्महत्या गर्नुपूर्व गरेको भिडियाृे सार्वजनिक भएसंगै प्रहरीले पक्राउ गरेको हो ।