Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं अभियान मन्थलीमा, रासमले लियो तदारुकता

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in समाचार
0
हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं अभियान मन्थलीमा, रासमले  लियो तदारुकता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भदौ २० । जनता भ्वाइस संवाददाता, रामेछाप


रामेछापका सहयोगी मन (रासम) ले रामेछाप नगरपालिका वडा नं. ८ मा बनाएको बिटार पार्कको चर्चा सेलाउन नपाउँदै अर्को चर्चापूर्ण कामको थालनी गरेको छ ।


कोरोना भाइरस (कोभिड १९) ले यतिबेला विश्व त्रसित् छ । रामेछाप जिल्लामा पनि निषेधाज्ञा जारी छ । यस्तो अवस्थामा विगत करिब आधा वर्षदेखि रोजिरोटी र दैनिक ज्याला मजदुरी गरेर खाने मजदुर वर्ग काम विहिन भएको छ, जसका कारण यो वर्गलाई ठूलो समस्या पर्दै आएको छ । कतिका घरमा चुल्हो नबल्ने अवस्था छ भने कति चुल्हो बलेका मजदुरहरुको चुल्होको ताप पनि निकै मधुरो हुँदै गएको छ ।


‘हुनेले दिएर जाऔं नहुनेले लिएर जाऔं’ भन्ने अभियान रामेछापका सहयोगी मन (रासम) ले मन्थलीमा थालनी गर्न लागेको हो । अब केही दिनमा नै गरिब तथा बेसहाराहरुको पेटको ज्वाला शान्त पार्ने अभियान स्वरुप रासमले मन्थलीमा ‘फुड बैंक’ संचालनको तयारी गरिरहेको छ । कोरोना भाइरसका कारण मुलुक बन्दाबन्दीमा गएपछि दैनिक ज्याला मजदुरी गर्ने श्रमिक वर्ग, अर्काको घरमा कोठामा बसी कमाएर खाने मध्यमवर्गको श्रमिक, आयस्तर कमजोर भएका व्यक्तिहरुका समस्यालाई मध्यनजर गर्दै रासमले फुडबैंक संचालन गर्ने तयारी गरेको हो ।

के हाे फुडबैंक ?


फुडबैंक खानेकुराको भण्डार हो । हुन त खानेकुरा कुनैपनि खाद्यान्न पसलमा जाने हो भने प्रशस्तै पाइन्छ । तर त्यो खाद्यान्न पसलमा सित्तैँ पाइँदैन । फुडबैंकमा सीमित खानेकुरा सित्तैंमा पाइन्छ । कमाई हुने र रकम कमाउन सक्नेहरुका लागि बजारका खाद्यान्न पसलहरु फुडबैंक भन्दा फरक छैनन्, अझै बढ्कर होलान् तर नहुने गरिब निमुखा, श्रमिक वर्गका लागि यस्ता फुडबैंकहरु विधाता बन्ने गरेका छन् । कोरोना भाइरसका कारण देश बन्दाबन्दीमा गएपछि कमाई नहुने वर्ग ठूलो समस्यामा परेको छ । दैनिक दुई छाक भोक मेटाउन पनि हम्मेहम्मे पर्दै गएको सन्दर्भमा यस्ता फुडबैंकहरुले सित्तैंमा खाद्यान्नको व्यवस्था गर्छन् । यस प्रकारको फुडबैंकमा दैनिक चुल्हो बाल्नका लागि न्यूनतम चामल, दाल, नुन लगायतका सामग्रीहरु पाइनेछ ।


यस्ता फुडबैंकहरु देशका विभिन्न भागमा संचालनमा आएका छन् । केही दिन अघि पूर्वी नेपालको झापा तथा सुनसरीको झुम्का, इटहरीमा समेत यस्तै फुडबैंकहरु संचालनमा आएका छन् । छिमेकी जिल्ला दोलखाको तामाकोसी गाउँपालिका, शहरेमा समेत यस प्रकारको फुड बैंक संचालनमा आएको जानकारी प्राप्त छ ।


फुडबैंकहरुमा दाताहरुले खाद्यान्न लगायत दैनिक जीवन धान्नका लागि आवश्यक वस्तुहरु सहयोग गर्छन् । जसनुसार फुडबैंकका संचालकहरुले व्यक्तिको आवश्यकताका आधारमा त्यसलाई न्यायोचित् वितरण गर्ने गर्दछन् ।


मन्थलीमा संचालन हुन लागेको फुड बैंकलाई यहाँस्थित खाद्यान्नका होलसेलर व्यवसायी तथा अन्य खुद्रा व्यवसायीहरुले सहयोग गर्ने वचन दिएको रासमका सदस्यहरुको भनाई छ ।


जिल्ला समन्वय समिति भन्दा ठिक माथि नगर विकास समितिको एक प्रयोग विहिन भवनलाई रंगरोगन गरी रासमले निकै सुन्दर बनाएको छ । यस भवनमा नै फुडबैंक संचालन गर्नेगरी रासमको तयारी छ ।


‘यस्तो विषम् परिस्थितिमा फुडबैंकको अवधारणा कसरी आयो ?’ भन्ने जनता भ्वाइसको जिज्ञासामा रासम सदस्य नवराज श्रेष्ठ भन्छन्, ‘कोरोना भाइरसका कारण समाज बन्दाबन्दीमा जाँदा दैनिक ज्याला मजदुरी गर्ने मजदुर वर्गमा ठूलो समस्या परेको अवस्थालाई मध्य नजर गर्दै र देशका विभिन्न भागमा फुडबैंकको अवधारणा आएपछि यहाँ पनि यो अभ्यास गर्न लागिएको हो । यस कार्य नितान्त सेवा भावमा गर्न लागिएको हुँदा हुनेले सकेको दान गर्नुहुन तथा नहुनेले निर्धक्क लिनुहुन हाम्रो अनुरोध रहने छ । यस कार्यमा सबै तह र तप्काको सहभागीता रहन्छ भन्ने रासमको विश्वास रहेको छ ।’


फुडबैंक संचालनको लागि मन्थली नगरपालिकाले समेत आफ्नो सहमती रहेको बताएको रासम बताउँछ ।


स्मरण रहोस्, कोरोना भाइरस कोभिड १९ का कारण देश लकडाउनमा गएर निष्क्रिय हुँदाको अवस्थामा यो समूह निकै सक्रिय भएर समाज सेवाको भावले मैदानमा उत्रिएको छ । यो समूहमा कुनै राजनैतिक विचार, झण्डा तथा वाद्को छायाँ पनि हालका दिनसम्मा देखिएको छैन ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

जिल्लामा कोरोना संक्रमित थपिएपछि जिल्ला प्रशासन कार्यालय, रामेछापबाट आयो यस्तो सूचना

Next Post

मालाश्री साप्ताहिक साउन २०

Next Post
मालाश्री साप्ताहिक २०७७ साउन ६

मालाश्री साप्ताहिक साउन २०

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.