Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेपालमा आज एकै दिन १५ जनाको मृत्यु, मर्नेको ३६० पुग्यो

Kumar Shrestha by Kumar Shrestha
September 14, 2020
in समाचार, स्वास्थ्य
0
नेपालमा आज एकै दिन १५ जनाको मृत्यु, मर्नेको ३६० पुग्यो
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

भदौ २९, काठमाण्डौ ।

कोरोना भाइरसको संक्रमणका कारण देशमा पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार काठमाडौंमा एक महिला सहित ६ जना गरी उपत्यकाभित्र ८ जनाको मृत्यु भएको छ ।

काठमाडौंमा एकजना ६१ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको छ । यस्तै ७७, ६२, ७३, ८५ र ७० वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । यस्तै ललितपुरमा ५५ र भक्तपुरमा ७३ वर्षिय पुरुष तथा रामेछापमा २३, मोरङमा ४० र ७० वर्षिय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको उनले बताए । यस्तै गोरखामा ६३, नवलपरासीमा ६२, पर्सामा ५५ र कपिलवस्तुमा ४७ वर्षिया महिलाको मृत्यु छ । योसँगै नेपालमा आजसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ६० पुगेको छ ।


नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५२ हजार ३२९ पुगेको छ । नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १५ हजार ३९३ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ८७९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३९ हजार ५७६ पुगेको छ ।


यस्तै काठमाडौं उपत्यकामा आज थप ५१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिनेमा काठमाडौंका ४४०, ललितपुरका २९ र भक्तपुरका ४३ जना रहेका छन् ।
यसैवीच सरकारले कोभिड–१९ को पीसीआर परीक्षणका लागि तोकेको अधिकतम शुल्क दुई हजार रुपैयाँ कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले घटेको शुल्कमा पीसीआर परीक्षण गराउन प्रयोगशालाहरुलाई निर्देशन दिनुभएको हो । मन्त्रालयले हिजो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पीसीआर परीक्षण गर्ने रिएजेन्ट र अन्य सामान घटेका आधारमा नेपालमा पीसीआर परीक्षणको अधिकतम शुल्क दुई हजार रुपैयाँ तोकेको थियो ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

महिलालाई खाडी मुलुकमा काममा जान रोक लगाउनुपर्ने सांसदहरुको माग

Next Post

लम्पिस्कीन रोग नियन्त्रण तर्फ

Next Post
लम्पिस्कीन रोग नियन्त्रण तर्फ

लम्पिस्कीन रोग नियन्त्रण तर्फ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.