Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेकपामा प्रस्ताव- केन्द्रीय सदस्य र पूर्णकालीन कार्यकर्तालाई पैसा दिने

जनता भ्वाइस by जनता भ्वाइस
September 21, 2020
in समाचार
0
तस्बिर: गंगा दाहालको फेसबुकबाट।

तस्बिर: गंगा दाहालको फेसबुकबाट।

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

असोज ४, काठमाण्डौ ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले केन्द्रीय कमिटी सदस्यहरू र पार्टीका पूर्णकालीन कार्यकर्ता (होल टाइमर) लाई नियमित रूपमा आर्थिक सहयोग दिने एजेन्डा छलफलका लागि सचिवालयमा प्रस्तुत गरेको छ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आइतबार पेरिसडाँडामा बसेको सचिवालय बैठकमा केन्द्रीय सदस्यलाई पार्टीले आर्थिक सहयोग दिने एजेन्डा पनि छलफलका लागि पेश गरिएको छ।

आइतबार भने मन्त्रिपरिषद पुनर्गठनकै एजेन्डामाथि सचिवालयमा छलफल भएको थियो। सांगठनिक एकीकरणका बाँकी काम र केन्द्रीय सदस्यलाई नियमित आर्थिक सहयोग गर्नेजस्ता एजेन्डामाथि सोमबार दिउँसो १ बजे पेरिसडाँडामै बस्ने सचिवालय बैठकमा छलफल हुनेछ।

‘केन्द्रीय कमिटी सदस्यलाई नियमित रूपमा आर्थिक सहयोग गर्ने एजेन्डा पनि छलफलका लागि राखिएको छ,’ प्रवक्ता श्रेष्ठले बैठकपछि पत्रकारहरूसँग भने, ‘पूर्णकालीन कार्यकर्ता तलदेखि माथिसम्म कुनै न कुनै ढंगले सहयोग गर्ने कम्युनिष्ट पार्टीले अभ्यास गर्दै आएको नीति हो।’

श्रेष्ठका अनुसार प्रदेश जिल्ला वा त्योभन्दा तलको हकमा सम्बन्धित कमिटीहरूले नै आर्थिक सहयोग दिने वा नदिने भन्नेबारे छलफल गर्नेछन्। तर केन्द्रीय सदस्यका लागि भने सचिवालय बैठकले छलफल गर्न लागेको हो। ‘सचिवालयले केन्द्रीय कमिटी सदस्यका हकमा के गर्ने भन्नेबारे पनि छलफल गर्ने कार्यसूची तय गरेको छ,’ उनले भने।

यस्तै कोरोना महामारी रहेकोले संघीय संसदका सांसद बैठक भत्ता के गर्ने भन्नेबारे पनि सचिवालयले छलफल गरी निर्णय लिने श्रेष्ठले जानकारी दिए। सेतोपाटीले लेखेको छ ।

तस्बिर: गंगा दाहालको फेसबुकबाट।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts

Previous Post

मौलिक चँदारो पेशा संकटमा पर्दै (भिडियो सहित)

Next Post

सरकारी जागिर : “दिन कटनी- मानो पचनी”

Next Post
सरकारी जागिर : “दिन कटनी- मानो पचनी”

सरकारी जागिर : “दिन कटनी- मानो पचनी”

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

सल्लाहकार               : शेरबहादुर तामाङ्ग
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.