Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

१ अर्बमा किनेका रेल त्रिपाल ओढाएर पार्किङमा

जनता भ्वाइस by जनता भ्वाइस
September 22, 2020
in अर्थतन्त्र, समाचार
0
१ अर्बमा किनेका रेल त्रिपाल ओढाएर पार्किङमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

५ असोज, काठमाडौं ।

जनकपुर-जयनगर रुटमा चलाउन शुक्रबार तामझामसहित नेपाल आइपुगका रेलहरु अहिले पार्किङमा छन् । नेपाल रेल्वे कम्पनीका अनुसार यी रेल सुनसरीको इनरुवामा पार्किङमा राखिएका छन् ।

रेलको माथिल्लो भागलाई त्रिपालले ढाकिएको छ । करसहित करिब १ अर्ब बढी रकम खर्चेर ल्याएको रेल तत्कालकै अवस्थामा चल्न नसक्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतले बताएको छ ।

महामारीका कारण भारतसँगको सीमा नाका बन्द रहेको र अहिलेसम्म भारतले ड्राइभरसहितको जनशक्ति पनि नदिएकाले रेल चलाउन नसकिएको कम्पनीलाई उद्धृत गर्दै मन्त्रालयले जनाएको छ ।

नेपालले नै तलब सुविधा दिने गरी भारतले २६ जना दक्ष जनशक्ति पनि पठाउँदैछ । त्यसबाहेक रेल्वे कम्पनीले पनि गत हप्तामात्रै कम्पनीका लागि डेढ सयभन्दा बढी कर्मचारीको भर्ना खुलाएको छ ।

यिनै कारण नियमित सेवा दिने गरी महँगो मूल्यमा किनिएको नयाँ रेल कहिलेदेखि चल्छ भन्ने निश्चित छैन ।

जनकपुर-जनयनगर रुटमा सञ्चालन गर्न २ वटा रेल भारतको मद्रासमा बनाएर नेपाल ल्याइएको थियो । यी रेल केही महिनादेखि लकडाउनका कारण भारतको हाजीपुरमा रोकिएको थियो ।

सन् २०१९ को मे महिनामा ८४ करोड ६५ लाख रुपैयाँमा भारतको सरकारी कम्पनी कोंकण रेल्वे कर्पोरेसनसँग २ वटा रेल किन्ने सम्झौता भएको थियो । भन्सार र मूल्य अभिवृद्धि कर तिर्दासम्म यी रेल किन्न १ अर्ब ३ करोड रुपैयाँ खर्च भएको छ ।

३५ किलोमिटरको जनकपुर-जयनगर रेलमार्गमा ब्रोड गेज विस्तारका लागि सिभिलतर्फका सबै काम २०७५ सालमा नै सकिएको थियो । सरकारले २०७५ को पुसबाट नै जनकपुर-जयनगर रुटमा रेल चलाउने घोषणा गरेको थियो । तर, विभिन्न प्राविधिक ढिलाइको कारण देखाउँदै रेल किन्न ढिलाइ भयो । अनलाईन खबरले लेखेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सरकारी जागिर : “दिन कटनी- मानो पचनी”

Next Post

सरकारी हस्तक्षेपका कारण पत्रपत्रिकाको वर्गीकरणको नतिजा आएन

Next Post
सरकारी हस्तक्षेपका कारण पत्रपत्रिकाको वर्गीकरणको नतिजा आएन

सरकारी हस्तक्षेपका कारण पत्रपत्रिकाको वर्गीकरणको नतिजा आएन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.