Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

पानी पर्याप्त नहुँदा दुषित् पानी भएपनि पिउँदै नगरपालिकाका स्थानीय

जनता भ्वाइस by जनता भ्वाइस
September 25, 2020
in राष्ट्रिय समाचार, समाचार
0
पानी पर्याप्त नहुँदा दुषित् पानी भएपनि पिउँदै नगरपालिकाका स्थानीय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१० असोज । प्रवीन अधिकारी, रामेछाप ।


मन्थली नगरपालिका वडा नम्बर १२ गेलु स्थित घुर्पांङ्ग र अम्बास गाउँमा खानेपानीको चरम समस्या देखिएको छ । वर्षायामको समयमा पनि खानेपानीको चरम समस्या देखा पर्न थालेपछि हिँउद याममा खानेपानीको हाहाकार हुनसक्ने भन्दै स्थानीयहरु चिन्तित बनेका छन् ।


स्थानीय बासिन्दाका अनुसार २०४३ सालमा युनिसेफ नामक संस्थाले निर्माण गरिदिएको भुत्याए खोला खानेपानी आयोजनाकै भरमा करिब २ सय घरधुरी निर्भर रहेपनि अहिले मुहानको सहि संरक्षण तथा मर्मत संभार नहुँदा खानेपानीको चरम समस्या निम्तिएको हो ।


२०७० मा जिल्ला खानेपानी विकास आयोजनाद्वारा उक्त मुहान पुनर्निर्माण भएपनि २०७२ सालको भूकम्प पश्चात्, मुहानमा पानी सुक्दै गएको र ट्यांकी समेत चर्किएका कारण थप समस्या निम्तिएको उक्त खानेपानी उपभोक्ता एवम्, चौकीदार गणबहादुर बुढाथोकी बताउँछन् ।


उनका अनुसार २०७२ को भूकम्प पश्चात् उक्त मुहान समेत चर्किएको, कहिँकतैबाट पनि मर्मत संभार नभएको, पानी सुक्दै गएको र भएको पानी पनि मुहान नजिकैका खेतबारीमा लगाउने गरेपछि यो समस्या निम्तिएको हो ।


गत निर्वाचनताका विभिन्न राजनितीक दलको चुनावी नारा समेत बनेको खानेपानी समस्या अझैसम्म कायम नै रहेको र आगामी निर्वाचनमा पनि खानेपानी समस्या चुनावी नारा बन्ने स्थानीय युवाहरु बताउँछन् ।


हाल उक्त मुहानको पानी बिहान र बेलुकाको समयमा वितरण गर्दै आएपनि पर्याप्त मात्रामा खानेपानी समेत उपभोग गर्न नपाएको र उक्त मुहान धेरै फोहोर रहेका कारण भएको पानी समेत दूषित रहेको पाइएको छ । उक्त विषयमा सम्बन्धित निकायसँग बुझ्दा पानी जाँच्ने मेसिन समेत नभएको पाइएको छ ।


भूकम्पका कारण नजिकै रहेका कुवा, पँधेरो र धारा सुक्दै गएपछि स्थानीय बासिन्दाको जनजीवन थप कष्टकर बनेको छ । निर्माणाधीन चर्चित गेलु लिफ्ट सिँचाइ खानेपानी आयोजनाको काम समेत अलपत्र परेपछि स्थानीय बासिन्दा अन्योलमा परेका छन् ।


तत्कालीन समयमा रामेछाप जिल्लाका २७ भन्दा बढी गाविसलाई सरकारले नै सुख्खग्रस्त गाविस घोषणा गरेको थियोे । ०७२ सालमा गएको विनाशकारी भूकम्पको कारण भएको खानेपानीको मुहान पनि सुक्दै गएपछि समस्यामाथि समस्या थपिएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सरकार होइन, नागरिक नै दोषी हुन्

Next Post

डिजिटल दसैँ

Next Post
डिजिटल दसैँ

डिजिटल दसैँ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.