Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

जिल्ला प्रशासन कार्यालय भन्छ, ‘विद्यालयमा हुने काेराेना संक्रमणको जिम्मा विद्यालयकै ।’

जनता भ्वाइस by जनता भ्वाइस
October 6, 2020
in राष्ट्रिय समाचार, समाचार
0
जिल्ला प्रशासन कार्यालय भन्छ, ‘विद्यालयमा हुने काेराेना संक्रमणको जिम्मा विद्यालयकै ।’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

असोज २० । जनता भ्वाइस संवाददाता, रामेछाप ।
पछिल्लो समयमा जिल्लामा खुलेका वैकल्पिक सिकाई केन्द्रहरुमा कोरोना भाइरस सतर्कता सरकारी मापदण्ड पालना नगरिएको जिल्ला प्रशासन कार्यालय, रामेछापले जनाएको छ । भर्खरै एक सूचना जारी गर्दै कार्यालयले स्थानीय तहको उच्च जिम्मेवारीमा खोलिएका वैकल्पिक सिकाई केन्द्रहरुमा अनुगमन गर्दा कोरोना सतर्कता नअपनाइएको पाएको हुँदा भोलि हुने सम्भाव्य जोखिमको जिम्मा विद्यालय नै लिनुपर्ने आषयको सूचना प्रकाशित गरेको छ ।


प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माद्वारा हस्ताक्षरित सूचना अनुसार हालसम्म जिल्ला प्रशासन कार्यालयको अनुगमनबाट सिकाई केन्द्रमा सरकारले जारी गरेको सतर्कता मापदण्डको पूर्ण रुपमा पालना भएको नदेखिएको भन्दै हालका लागि मापदण्डको पालना गर्न गराउन सचेत गराइएको भनिएको छ ।


जिल्ला संचालित विभिन्न विद्यालयहरुले आफ्ना विद्यार्थीहरुलाई वैकल्पिक सिकाई केन्द्र मार्फत शिक्षण सिकाई क्रियाकलापमा सहभागी गराएको अवस्था छ । यस्ता सिकाई केन्द्रहरुमा सरकारी मापदण्डको पालना भए नभएको हेर्ने जिल्ला प्रशासन कार्यालयले आफूले नै सूचना जारी गर्दै भेला, समारोह, प्रदर्शन, तालिम, गोष्ठी लगायत संचालन गर्न नपाइने भन्दा भन्दै पनि सदरमुकाम मन्थलीमा हुने विभिन्न तालिम तथा सेमिनारहरु भने खुलेआम हुँदा समेत बेवास्ता गरेको देखिएको छ ।


केहीदिन अघि जिल्लाको एक एनजिओले मन्थलीको जिएस होटलमा ३४ जना व्यक्तिहरुलाई सहभागी गराएर २ दिन तालिम गराउँदा समेत जिल्ला प्रशासन कार्यालय मौन रहेको थियो । जुन सूचना पहिलो दिनको तालिम संचालन हुँदै गर्दा जिल्ला प्रशासन कार्यालयले पाइसकेको थियो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

पहिलो पटक मलामी जाँदाको अनुभव

Next Post

आजको मौसमः कुनकुन प्रदेशमा वर्षाको सम्भावना ?

Next Post
सोमबारबाट तीन दिनसम्म झरी हुने

आजको मौसमः कुनकुन प्रदेशमा वर्षाको सम्भावना ?

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.