Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रेडक्रसको केन्द्रीय अधिवेशन स्थगित गर्न प्रशासनद्वारा निर्देशन

जनता भ्वाइस by जनता भ्वाइस
October 10, 2020
in समाचार
0
रेडक्रसको केन्द्रीय अधिवेशन स्थगित गर्न प्रशासनद्वारा निर्देशन
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समितिले यही असोज २८–३० गतेका लागि तोकेको ४८ औं महाधिवेशनलाई अर्को व्यस्थापन नहुन्जेलसम्मका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँले स्थगित गरिदिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले असोज १६ गते नेपाल रेडक्रस सोसाइटीको तदर्थ समितिलाई पत्र पठाउँदै महाधिवेशन स्थगित गर्न निर्देशन दिएको हो ।

नेपाल रेडक्रस सोसाइटीले २०७७ असोज ११ गते श्वेतपत्र जारी गर्दै महाधिवेशन तोकेको थियो । तर, जिल्ला प्रशासन कार्यालयले संस्थाको नविकरण नगरेको र काठमाडौँ उपत्यकामा कोभिड–१९ को संक्रमण उच्च दरमा वृद्धि भइरहेको सन्दर्भमा नेपाल सरकार मन्त्रिपरिषदको मिति ०७७ भदौ २९ गतेको निर्णय बमोजिम कुनै पनि सभा, समारोह, सम्मेलन लगायत कार्यक्रम गर्न रोक लगाएको अवस्थामा..अर्को आदेश नभएसम्मका लागि स्थगित गराउन निर्देशन दिइएको’ काठमाडौँ जिल्ला प्रशासन कार्यालयले नेपाल रेडक्रस सोसाइटीलाई लेखेको पत्रमा उल्लेख छ ।

नेपाल रेडक्रस सोसाइटीले हिजो असोज २१ गते निर्वाचन तालिका र नामावली समेत सार्वजनिक गरिसकेको थियो । साउन १२ गतेको मन्त्रिपरिषद बैठकले संजीव थापा नेतृत्वको नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यसमितिले भ्रष्टाचार गरेको ठहर गर्दै गत साउन १२ गते डा. नेत्र तिमिल्सिनाको संयोजकत्वमा नयाँ कार्य समिति गठन गरेको थियो ।

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा नेत्र तिमिल्सिनाले महाधिवेशन स्थगितल गर्न जिल्ला प्रशासन कार्यालयले पत्रचार गरेको बताए । उनले भने, ‘हो, महाधिवेशन स्थगित गर्न काठमाडौँ जिल्ला प्रशासन कार्यालयले पत्र पठाएको छ ।’ रातोपाटीले लेखेकोछ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कल्पना श्रेष्ठ ‘कल्पु’ का १० मुक्तकहरु

Next Post

म छुट्टै…

Next Post
म छुट्टै…

म छुट्टै...

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.