Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्‍त्री ढकाल

जनता भ्वाइस by जनता भ्वाइस
October 26, 2020
in समाचार
0
नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्‍त्री ढकाल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्यामन्‍त्री भानुभक्त ढकालले सम्पूर्ण नागरिकको जीवनरक्षाका लागि सरकार सदैव प्रतिबद्ध रहेको बताएका छन् ।

बडादसैँ, तिहार, नेपाल संवत, छठलगायत चाडपर्वका अवसरमा देशवासीलाई शुभकामना दिँदै उनले जनस्वास्थको मापदण्ड पूरा गरी चाड मनाउन आग्रहसमेत गरेका छन् । ‘‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्पूर्ण नागरिकको जीवन रक्षाका लागि सदैव प्रतिबद्ध छ । मन्त्रालयले सबै सरकारी, निजी तथा समुदायबाट सञ्‍चालित अस्पतालहरूलाई कोभिड–१९को परीक्षण तथा उपचार गर्ने गरी व्यवस्था गरेको छ,’’ उनले विज्ञप्तिमार्फत भनेका छन्, ‘‘अक्सिजन, आवश्यक औषधि तथा उपकरणहरूको अभाव हुन नदिन मन्त्रालयले ठोस योजनासहित प्रभावकारी व्यवस्था मिलाएको छ । अस्पताल नभएका ६४९ स्थानीय तहमा ५ बेडको अस्पताल स्थापना गरी सञ्‍चालनका लागि आवश्यक बजेट व्यवस्था गरी पठाइएको र स्थानीय तहहरूमा कार्य सुरु भइसकेको छ । अस्पतालको गेटभित्र प्रवेश गरेको बिरामी उपचारबिना फर्कनुनपरोस् भनेर गरिब, विपन्‍न र वेबरिस मानिसको आकस्मिक उपचार नि:शुल्क गर्नेगरी व्यवस्था मिलाएका छौँ ।’’

उनले सरकार सधैँ आमनागरिकको साथमै रहेको दाबीसमेत गरेका छन् । उनको शुभकामना सन्देशमा भनिएको छ, ‘‘यो महामारीविरुद्धको लडाइँमा राज्य र जनताको बीचमा बलियो र विश्वासिलो एकता स्थापित गर्न जरूरी छ । सबै तहका सरकार, राजनीतिक दलहरू, समूदायहरू, नागरिक समाज, निजी क्षेत्रबाट निरन्तर सहयोगको अपेक्षा गरेका छौँ ।’’

मन्त्री ढकालले विज्ञप्तिमार्फत स्वास्थ्यलाई ध्यान दिने, मित्रतालाई ध्यान दिने, सामाजिक शान्तिलाई ध्यान दिने, छिमेकीलाई प्रतिकूल असर नपारी चाड मनाउन आग्रहसमेत गरेका छन् । बाह्रखरिले लेखेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

आज महानवमी पर्व, बलिसहित दुर्गा भवानीको पूजा गरिँदै

Next Post

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

Next Post
कोभिड-१९ सम्बन्धी झुट्टा अफवाह फैलाएको अभियोगमा २ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.