Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

चुनावको साताअघि र्‍यालीमै ट्र्म्प-बाइडनबीच भाइरसलाई लिएर आरोप-प्रत्यारोप

जनता भ्वाइस by जनता भ्वाइस
October 29, 2020
in समाचार
0
चुनावको साताअघि र्‍यालीमै ट्र्म्प-बाइडनबीच भाइरसलाई लिएर आरोप-प्रत्यारोप
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकी राष्ट्रपतीय निर्वाचनका डेमोक्र्याटिक पार्टी तर्फका उम्मेदवार जो बाइडनले कोरोनाभाइरस सङ्कटको व्यवस्थापनलाई लिएर राष्ट्रपति ट्रम्पको पुन: आलोचना गरेका छन्।

ट्रम्पले सामाजिक दूरी कायम गर्न अस्वीकार गरेर र मास्क लगाउने विषयमा मानिसहरूलाई प्रोत्साहित नगरेर अमेरिकी जनताको अपेक्षा पूरा गर्न नसकेको बताएका हुन्।

उनले पार्टीभन्दा माथि उठेर आफूलाई सबै अमेरिकीको राष्ट्रपतिको रूपमा प्रस्तुत गरे पनि आफ्ना प्रतिद्वन्द्वीलाई आक्रमण गर्न भने छोडेनन्।

करिब २,२५,००० अमेरिकीहरूको ज्यान लिएको कोरोनाभाइरसको महामारीलाई लिएर उनले ट्रम्पको आलोचना गरेका हुन्।

जर्जियामा बाइडनले कोरोनाभाइरसको व्यावस्थापनमा ट्रम्प “आत्मसमर्पण”को अवस्थामा पुगेको बताएका छन्।

बीबीसी संवाददाताले रिपब्लिकनको पकड रहेको जर्जिया राज्यमा बाइडनको उपस्थितिले डेमोक्र्याटिक पार्टीको आत्मविश्वास बढेको सङ्केत गरेको बताएका छन्।


बाइडनले के भने?
बाइडनले परम्परागत रूपमा रिपब्लिकनहरूको पकड रहेको क्षेत्रमा भएको चुनावी अभियानमा राष्ट्रपति ट्रम्पलाई ‘ठग’ भन्दै चर्को आलोचना गरेका छन्।

जर्जियाको वार्म स्प्रीङ्स्‌को भ्रमणका क्रममा मङ्गलवार बाइडनले आफू “विभाजित गर्ने नभइ एकतावद्ध गर्ने” राष्ट्रपति बन्ने र आफूले “देशको घाउ निको” पार्नसक्ने बताए।

सन् १९९२ यता जर्जियाले डेमोक्र्याट उम्मेद्वारलाई जिताएको छैन तर मत सर्वक्षणहरूले दक्षिणी राज्यहरूमा डेमोक्र्याटिक पार्टी सङ्ख्यामा अगाडि रहेको देखाएको छ।

यो साताको अन्त्यतिर बाइडनले आयोवा राज्यको भ्रमण गर्नेछन्। चार वर्षअघिको चुनावमा उक्त राज्यमा ट्रम्पले १० अङ्कले जितेका थिए।

त्यसबाहेक बाइडन विस्कनसिन, मिसिगन र फ्लोरिडा राज्यमा पनि जाने तय भएको छ।

ट्रम्पले के भने?
ट्रम्पले कोरोनाभाइरसको असरलाई सञ्चारमाध्यमले बढाइचढाइ गरेको आरोप लगाए।

कोभिड-१९ को असर अब केही महिनामात्रै रहने हालैका अनुसन्धानहरूले देखाएको र आफूलाई पनि छिट्टै निको भएको उनले बताएका थिए।

ट्रम्प भने सन् २०१६ मा आफूले जितेका र मत जतापनि जान सक्ने राज्यहरूमा आक्रामक रूपमा प्रचारमा लागेका छन्।

चुनाव आउन एक सातामात्रै अगाडि भएका मत सर्वेक्षणहरूले ट्रम्प पछाडि रहेको देखाएका छन्।

तर एरिजोना, फ्लोरिडा, नर्थ क्यारोलाइना जस्ता राज्यहरूमा कडा प्रतिस्पर्धा हुनेछ र तिनै राज्यका मतले निर्णायक नतिजा दिनसक्छ।

कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेका बेला ६ करोड ९० लाख भन्दा बढी मानिसले मत हालिसकेका छन्। हुलाकमार्फत् मत दिन पाइने अनि चाँडै मतदान गर्न पाइने सुविधाको प्रयोग धेरै भएका छन्।

यसैबीच, मिसिगनमा भएको र्‍यालीलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले आफूलाई बदनाम गर्न विपक्षीहरूले कोरोनाभाइरसको महामारीलाई लिएर अमेरिकीहरूलाई भड्काएको आरोप लगाएका छन्।

मंगलवार, ट्रम्पले नेब्रास्कालगायत सन् २०१६ को चुनावमा डेमोक्र्याटहरूबाट खोसिएका मिसिगन र विस्कनसिन राज्यमा र्‍यालीहरू सम्बोधन गरेका थिए।

मिसिगनको राजधानीमा बोल्दै उनले सहरको बाहिरी क्षेत्रका महिलाहरूलाई भने: “तपाईँका श्रीमान्‌हरू काममा फर्किन चाहन्छन्, हैन? हामी तपाईँका श्रीमान्‌हरूलाई काममा फर्काउनेछौँ।”

यही महिना कोरोनाभाइरसका कारण अस्पताल भर्ना भएका ट्रम्प आउँदो मङ्गलवार हुने निर्वाचनअघिका चुनावी अभियानका दुई दिनमा ११ वटा र्‍यालीहरू गर्ने योजना गरिरहेका छन्।

पेन्सलभेनिया राज्यमा बोल्दै ट्रम्पले राष्ट्रपतिका रूपमा राम्रो काम गर्नसक्ने बाइडनको दाबीप्रति आशङ्का व्यक्त गरेका छन्।

“जो बाइडनले संसद्‌मा ३६ वर्ष र उपराष्ट्रपतिका रूपमा ८ वर्ष गरेका काम अमेरिकी जनताले हेर्न सक्छन् र उनले अन्तत: केही गर्न सक्लान् कि नसक्लान् भनेर अमेरिकी जनताले तय गर्छन्।” बिबिसी नेपाली ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

WHO ले थप प्रतिबन्ध लगाउने विषयमा सरकारहरूलाई किन दियो चेतावनी

Next Post

रहेन दसैंको रौनक

Next Post
रहेन दसैंको रौनक

रहेन दसैंको रौनक

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.