Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

फ्रान्समा देशभर लकडाउन

Kumar Shrestha by Kumar Shrestha
October 29, 2020
in समाचार
0
फ्रान्समा देशभर लकडाउन
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

१३ कात्तिक, काठमाडौं ।

कोरोना संक्रमणको दोस्रो लहर बढ्दै गएपछि फ्रान्स सरकारले देशभर दोस्रोपटक लकडाउन लागु गरेको छ । यो लकडाउन पूरै नोभेम्बर महिनासम्म रहने बताइएको छ ।

फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोले राष्ट्रको नाममा सम्बोधन गर्दै शुक्रबारबाट लकडाउन लागु हुने जानकारी दिए । लकडाउन अवधिमा अत्यावश्यक कामबाहेक घर बाहिर निस्किन पाइने छैन ।

स्वास्थ्य क्षेत्र, स्कुल र उद्योग भने खुला रहने छन् । रेष्टुरेन्ट्स, बार जस्ता व्यवसाय बन्द रहने छन् ।

फ्रान्समा कोरोना संक्रमणका कारण हुने मृत्युको आँकडा अप्रिल महिनापछि सबैभन्दा उच्चस्तरमा पुगेको छ । मंगलबार मात्रै ३३ हजार नयाँ संक्रमित फेला परेका थिए ।

राष्ट्रपति म्याक्रोले देशमा कोरोना संक्रमणको दोस्रो लहर खतराको स्तरमा पुगिसकेको बताउँदै यो पहिलेको भन्दा पनि खतरनाक हुनेमा कुनै शंका नरहेको बताए ।

धेरै युरोपेली देशहरुमा हाल कोरोना संक्रमणको दोस्रो लहर तीव्ररुपमा बढ्दै गएको छ । धेरै देशहरुले रात्रिकालीन कर्फ्युको सामना गरिरहेका छन् ।

राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति म्याक्रोले महामारीलाई तुरुन्त रोक्नका लागि कठोर बन्नुपर्ने बताए । सम्बोधनको क्रममा म्याक्रोले फ्रान्सका अस्पतालका सबै आईसीयू बेड बिरामीले भरिएको जानकारी दिए ।

यसअघि मार्च महिनामा पनि फ्रान्समा लकडाउन गरिएको थियो । राष्ट्रपति म्याक्रोले भनेका छन्, ‘मार्च महिनामा गरिएको सुरुवाती लकडाउनमा जस्तै घर बाहिर जाने अनुमतिका लागि अब एक फाराम भर्नुपर्ने छ । सामाजिक भेटघाटमा प्रतिबन्ध रहने छ । वसन्त ऋतुजस्तै केबल काममा जानका लागि, मेडिकल अपोइन्टमेन्टका लागि, आफन्तको मद्दतको लागि, अत्यावश्यक सामग्री खरिदका लागि वा बाहिरको ताजा हावा खानको लागि मात्र घरबाट निस्किन पाइने छ ।’ अनलाईन खबरले लेखेको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

रहेन दसैंको रौनक

Next Post

ठुलो मात्रामा पटाका सहित पक्राउ

Next Post
ठुलो मात्रामा पटाका सहित पक्राउ

ठुलो मात्रामा पटाका सहित पक्राउ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.