Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

ठुलो मात्रामा पटाका सहित पक्राउ

Kumar Shrestha by Kumar Shrestha
October 29, 2020
in समाचार
0
ठुलो मात्रामा पटाका सहित पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कात्तिक १३ काठमाडौं.

चन्द्रागिरि नगरपालिका-२ नागढुङगाबाट करिब १३ लाख  ३० हजार रुपैयाँ बराबरको २ लाख ६६ हजार थान खुर्सानी पटाका सहित कञ्चनपुर भिमदत्त नगरपालिका-४ घर भएका ३० वर्षीय नबिन जोशीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

महेन्द्रगनरबाट काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख ४५५ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसको सिट मुनि लुकाई छिपाई ल्याएको अवस्थामा उक्त पटाका फेला पारी बस चालक जोशीलाई पक्राउ  गरेको हो ।  
    यसैगरी काठमाडौं, चन्द्रागिरि नगरपालिका-२ नागढुङगाबाट ८ हजार ४ सय थान खुर्सानि पटाका, १२ थान सिङग्ल  रकेट लेखिएको पटाका, ८० थान गमला पटाका,  १ सय थान बुलेट पटाका, १ सय ९० थान लामो रकेट पटाका सहित रौतहट राजदेवी नगरपालिका-६ घर भएका ३२ वर्षीय पिन्टु जैसवाललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

रौतहटको गौरबाट काठमाडौंतर्फ आउँदै गरको ना.६ ख ७११४ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा जैसवालले झोलामा लुकाई छिपाई ल्याउँदै गरेको उक्त पटाका सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
उनीहरु उपर मुलुकी अपराध संहिता २०७४ अन्तर्गत बिष्फोटक पदार्थ सम्बन्धि कसूरमा अनुसन्धान तथा कारवाही भइरहेको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

फ्रान्समा देशभर लकडाउन

Next Post

आजदेखि कोभिड–१९ को दैनिक प्रेस ब्रिफिङ नहुने

Next Post
आजदेखि कोभिड–१९ को दैनिक प्रेस ब्रिफिङ नहुने

आजदेखि कोभिड–१९ को दैनिक प्रेस ब्रिफिङ नहुने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.