Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

जिल्ला अदालतमा पुगेको मुद्दा समेत पालिकाले मिलाएको छ : उपाध्यक्ष नेवार

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
जिल्ला अदालतमा पुगेको मुद्दा समेत पालिकाले मिलाएको छ : उपाध्यक्ष नेवार
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप, कार्तिक २५ ।
गोकुलगंगा गाउँपालिकामा मुद्दा मिलाउन सहज भएको पालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक राधिका नेवार बताउँछिन् ।


आफूसम्म आएका गुनासाहरू सुल्झाउन पालिका अध्यक्ष, वडा अध्यक्ष लगाय सम्पूर्ण जनप्रतिनिधिहरूले सहयोग गरेका कारण गोलुकगंगामा यस्तो समस्या नभएको उनी बताउँछिन् ।
गोकुलगंगामा मेलमिलाप केन्द्र समेत सक्रिय भएको र ३ सदस्यीय अर्को सञ्जाल समेत गठन गरिएकोले नागरिकलाई न्याय दिन गोकुलगंगा सफल भएको उनको भनाइ छ । आफू नभएको बेला ३ सदस्यीय सञ्जालले मुद्दा मिलाउने गर्छन् र उनीहरूलाई चिया खर्च भनेर ७ सय समेत दिने गरेको उपाधयक्ष श्रेष्ठ थप्छिन् ।


विशेष गरेर जनजातिको बसोबास बढी भएका कारण झगडा मिलाउन गाह्रो नभएको उनको ठम्याई छ । उनका अनुसार बेलुका रक्सी पिएर झगडा गर्छन्, बिहान मिलिहाल्छन् । जिल्ला अदालतमा पुगेको सम्बन्ध विच्छेदको मुद्दा समेत पालिकाले मिलाएको र आज ती दम्पती हाँसीखुसी जीवनयापन गरिरहेको देख्दा आफूले सही निर्णय गरेकोमा उनी खुशी छिन् ।


केही समय अगाडि घर बनाउँछु भनेर ठेक्काको पैसा लिएर भागेको ठेकेदारका कारण आएको पीडितको अनुहारको दुःखले भने धेरै दुखाएकोले प्रहरी प्रशासनले सो मुद्दाका लागि यथासक्य छिटो पहल गरिदिए पीडितले न्याय पाउने बताउँछिन् ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

अब गाउँपालिकामा कानूनी सहजकर्ताको स्थायी दरबन्दी सिर्जना गरिने ।

Next Post

खुईलिए महाकवि देवकोटा

Next Post
खुईलिए महाकवि देवकोटा

खुईलिए महाकवि देवकोटा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.