Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

खुईलिए महाकवि देवकोटा

नबराज खड्का by नबराज खड्का
December 19, 2022
in समाचार
0
खुईलिए महाकवि देवकोटा
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिक मन्थलीको देवकोटा चोकमा कुरुप भएर उभिएको छ । घाम र धूलोले खुइलिएर देवकोटाको सालिकको आकृति नै नचिनिने अवस्थामा पुगेको हो ।

मन्थलीका पाका तथा पुराना कलाकार गजेन्द्रबहादुर थापाको कलाकारितामा मन्थलीमै रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानले २०६१ सालमा निर्माण गरेको महाकवि देवकोटाको पुरानो सालिक २०७५ सालमा परिवर्तन गरि हालको सालिक प्रतिस्थापन गरिएको थियो । थापाले पुरानो सालिकलाई एउटै ढुङ्गालाई कुँदेर निर्माण गरेको जनाएका छन् ।

मन्थलीको मुटुमा रहेको जिल्ला प्रहरी कार्यालय र बसपार्क तर्फ जाने सडकको चोकमा सालिक निर्माण गरिएदेखि सो स्थानको नाम नै देवकोटा चोक रहन गएको छ । दैनिक सयौं मानिसहरुको ओहोरदोहोर हुने ठाउँमा राखिएको महाकवि देवकोटाको सालिक आजभोलि देख्नमा निकै कुरुप लाग्न थालेको छ । सालिकमा लगाइएको रंगहरु खुइलिएको छ भने देवकोटाको टाउकोमा दरार फाटेको देख्न सकिन्छ । यस्तो अवस्था हुँदा समेत महाकवि देवकोटा प्रतिष्ठान लगायत सरोकारवालाहरु मौन बसेका छन् ।

तिहार नजिकिँदो छ । १९६६ साल कात्तिक २७ गते शुक्रबार लक्ष्मीपूजाका दिन जन्मिएकाले उनको नाम नै लक्ष्मीप्रसाद देवकोटा रहन गएको हो । यस वर्ष पनि लक्ष्मीपूजाको दिन उनको जन्मजयन्ती मनाइन्छ । हरेक वर्ष जन्म जयन्ती मनाए पनि उनको सालिकलाई कहिल्यै जन्मजयन्तीको उत्सव आएन ।

दैनिक धूलो र घामले खुइलिँदै गइरहेको देवकोटाको सालिक मर्मत गरी रंगरोगन गर्ने तर्फ कसैको ध्यान गएको देखिँदैन । यसै सन्दर्भमा नजिकिँदो लक्ष्मीपूजासँगै देवकोटाको सालिक मर्मतमा कसले बढी उत्तरदायित्व लिनुपर्ला भन्ने सन्दर्भमा हामीले केही स्थानीयहरुलाई सोधेका थियौं ।

रामेछापका पुराना पत्रकार बद्री नयाँघरे देवकोटाको सालिक मन्थली बजारकै उत्कृष्ट गहना भएको बताउँछन् । उनी भन्छन्,  ‘स्थानीय अगुवाहरुको अगुवाइमा निर्माण भएको यस सालिकलाई नजिकिँदो लक्ष्मीपूजा सँगै सिँगार्ने काम हुनुपर्छ । अहिले यसको अवस्था निकै कुरुप देखिएको छ । आशा गरौं केही दिनमा यसको अनुहार फेरिएला ।’

रामेछापको सन्दर्भमा मन्थलीको देवकोटा चोक नेपालका ७७ जिल्लामा प्रख्यात भएको रामेछापका भ्रष्टाचार अभियान्ता भन्न रुचाउने यमबहादुर थापा बताउँछन् । उनी भन्छन्, ‘यसको संरक्षण मन्थली नगरपालिकाले गर्नु पर्छ । त्यो भन्दा पनि पहिला मन्थली नगरपालिका वडा नं. १ को हो ।’

देवकोटाको खुइलिँदो सालिकलाई राम्रो बनाउनको लागि महाकवि लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानसँग निरन्तर समन्वय भइरहेको देवकोटा चोक टोल सुधार समितिका अध्यक्ष सुरेश उदास बताउँछन् ।

यता महाकवि लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका अध्यक्ष रामचन्द्र वियोगी भन्छन्, ‘धेरैलाई देवकोटाको सालिकलाई रंग लगाइदिनुस भनेर भन्यौं तर कसैले वास्ता गरेनन् । मैले व्यक्तिगत रुपमा गोविन्द घिमिरेलाई भनेको छु । सायद् आउँदो लक्ष्मीपूजाको दिनसम्मा रंगरोगन गरिन्छ होला ।’

२०५१ सालमा महाकवि लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान स्थापना भएको भएपनि हालसम्म सो प्रतिष्ठानको कोषमा सालिक रंगरोगन गर्ने पर्याप्त रकमी स्रोत नभएको पनि वियोगीले बताएका छन् ।

जिल्लाकै मुख्य बजार क्षेत्रमा भएको सालिकको हविगत कन्त बिजोग भएपनि त्यसलाई राम्रो बनाउन आफूहरुसँग कुनै सोच नभएको मन्थली नगरपालिकाका नगर प्रमुख रमेशकुमार बस्नेतको भनाई रहेको छ ।

Author

  • नबराज खड्का
    नबराज खड्का

    View all posts
Previous Post

जिल्ला अदालतमा पुगेको मुद्दा समेत पालिकाले मिलाएको छ : उपाध्यक्ष नेवार

Next Post

व्यापारिहरुमा उपभोक्ता स्वास्थ्यको परवाह भएन, म्याद नाघेका वस्तुहरु ठूलो परिमाणमा भेटियो

Next Post
व्यापारिहरुमा उपभोक्ता स्वास्थ्यको परवाह भएन, म्याद नाघेका वस्तुहरु ठूलो परिमाणमा भेटियो

व्यापारिहरुमा उपभोक्ता स्वास्थ्यको परवाह भएन, म्याद नाघेका वस्तुहरु ठूलो परिमाणमा भेटियो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.