मङ्सिर २६ । रामेछाप ।
मन्थली नगरपालिका वडा नं. १३ फुलासीमा रहेको श्री मावि हर्रेचिण्डेको नव निर्मित भवन आज हस्तान्तरण तथा उद्घाटन भएको छ । बागमती प्रदेशका प्रदेश सांसद तथा अर्थमन्त्री कैलाशप्रसाद ढुङ्गेलले रिबन काटेर सो नव निर्मित भवनको उद्घाटन गरेका हुन् । खानी कन्ट्रक्शनले निर्माण गरेको उक्त भवन निर्माणका लागि करिब ७ करोड खर्च लागेको बताइएको छ । साँढे ३ तले २ वटा भवनहरु उक्त निर्माण कम्पनीले बनाएको हो ।
भवनमा आधुनिक कक्षाकोठादेखि सुविधा सम्पन्न शौचालय समेतको व्यवस्था छ । पछिल्ला दिनहरुमा सरकारी सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुको चाप घट्दै गएको अवस्थामा आधुनिक तथा सुविधा सम्पन्न भवनहरु बन्नुले सर्वत्र निराशा उत्पन्न गराएको छ ।
भवनको उद्घाटन पछि मन्तव्यको क्रममा मन्त्री ढुङ्गेलले यस विद्यालयलाई आगामी दिनमा प्राविधिक शिक्षा अध्यापन गराउनका लागि के कति सहयोग गर्नुपर्ने हो, आफूले त्यसका लागि आफू सदैव तयार रहेको बताएका छन् ।