Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मानसिक स्वास्थय सम्बन्धी सुनापतिमा एक दिने परामर्श कार्यक्रम

जनता भ्वाइस by जनता भ्वाइस
January 12, 2021
in राष्ट्रिय समाचार, समाचार
0
मानसिक स्वास्थय सम्बन्धी सुनापतिमा एक दिने परामर्श कार्यक्रम
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप, पाैष २८

समय समयमा विभिन्न कारणले समाजमा आउने उतारचढावका कारण आत्महत्याको दर बढ्ने भएका कारण समाजै आक्रान्त बनेको छ । पछिल्लो समयमा कोरोना भाइरस कोभिड १९ का कारण निम्तिएको समस्याका कारण देशैभर आत्महत्याको दर बढेको छ । यसै सन्दर्भमा रामेछाप जिल्लाको सुनापति गाउँपालिकामा रहेको सगरमाथा अध्ययन केन्द्रले एकदिने मानिसक स्वास्थ्य तथा आत्महत्या रोकथाम र मनोविज्ञान परामर्श कार्यक्रम आयोजना गरेको छ ।

तस्वीर : उपस्थितहरुलाइ सम्बाेधन गर्दै सँस्थाका अध्यक्ष हस्तबहादुर लामा / जनता भ्वाइस


गाउँपालिका केन्द्र रहेको हिलेदेवी, साँदीडाँडामा रहेको सगरमाथा अध्ययन केन्द्रले गाउँपालिका शिक्षा शाखाको आर्थिक समन्वयमा गत शनिवार उक्त कार्यक्रमको आयोजना गरेको हो । पछिल्लो समयमा मानसिक स्वास्थ्य सम्बन्धी समस्याहरुले समाजमा सताउन थालेपछि उक्त कार्यक्रमको आवश्यकता महसुस गरी आफूहरुले त्यसतर्फ दृष्टि दिएको उक्त अध्ययन केन्द्रका अध्यक्ष हस्तबहादुर लामाले जानकारी दिएका छन् ।


एकदिने मानिसक स्वास्थ्य तथा आत्महत्या रोकथाम र मनोविज्ञान परामर्श कार्यक्रमको औचित्यको चर्चा गर्दै अध्यक्ष लामाले भने, ‘पछिल्लो समयमा मानिसका विभिन्न खाले जीवनयापनका सिलसिलाहरुले उनीहरुको मानसिकतामा चोटिलो असर पु¥याएको छ । यस्तो अवस्थामा मानिस विभिन्न तनावका कारण आफ्नो ज्यानको समेत माया मार्न सक्ने अवस्थामा पुग्ने भएकोले उसमा आत्महत्याको सोच पलाउने गर्दछ । यस्तो जघन्य सोचलाई न्यूनिकरण गर्न र समाजमा चैन स्थपना गर्नका लागि सगरमाथा अध्ययन केन्द्रले परामर्श कार्यक्रमको आयोजना गरेको हो ।’


प्रमुख अतिथिको रुपमा कार्यक्रममा निम्त्याइएकी सुनापति गाउँपालिकाकी उपाध्यक्ष गीता विष्टले पछिल्लो समयमा कोरोना भाइरसका कारण समाज विपन्नतातर्फ झर्दै गरेको तर्फ इङ्गित गर्दै रोजगारीको अवसर गुम्दाको अवस्थामा मानिसमा जीवनप्रतिको वितृष्णा जाग्दै गएका कारण आत्महत्याको दरमा समेत बढवा भएको बताएकी छिन् । प्रमुख अतिथिको तर्फबाट आफ्नो मन्तव्य राख्दै विष्ट अगाडि भन्छिन्, ‘मानसिक स्वास्थ्यका समस्याहरु दिनानुदिन बढिरहेका छन् । यसको कारण मानिसमा आएको विपन्नता मुख्य कारकतत्व हो । सुनापति गाउँपालिकाले समेत यस्तो समस्यालाई घटाउनका लागि कस्तो काम गर्न सकिन्छ ? भनेर छलफल गर्दै आएका छौं । त्यसैको स्वरुपमा सगरमाथा अध्ययन केन्द्रले गाउँ पालिकासँगको मनोपरामर्श कार्यक्रमको आयोजना गर्नु प्रशंसनीय रहेको छ ।’

तस्वीर : कार्यक्रमका सहभागीहरु / जनता भ्वाइस


गाउँपालिका केन्द्र हिलेदेवीमा रहेका महिला, पुरुष तथा बालबालिकाहरु सहित १ सय जना भन्दा बढीको उपस्थितिमा पालिकाको सभाहलमा भएको कार्यक्रमलाई मनोपरामर्शकर्ताको रुपमा डा. नरेन्द्रसिँ ठगुन्नाले उद्घाटनसत्र पछिको समयमा उपस्थितिहरुलाई परामर्श गरेका थिए । शनिवार करिब ११ बजेबाट सुरु भएको कार्यक्रममा सहभागीहरुले निकै चासो दिएर प्रशिक्षकको प्रशिक्षण सुनेका देखिन्थे । आफूलाई यस कार्यक्रमले जीवनप्रति झन मिठो आशा र माया पलाएको कार्यक्रममा सहभागी एक व्यक्तिले प्रतिक्रिया दिए ।


देशैभरि मानसिक स्वास्थ्यका विषयमा आफूले प्रशिक्षण दिएकाले त्यसबाट सहभागीहरुमा अलग्गै रचनात्मक प्रभाव परिरहेका कार्यक्रमका प्रशिक्षक ठगुन्नाले प्रतिक्रिया दिएका छन् । ‘पछिल्लो समयमा फैलिरहेको कोरोना भाइरसका कारण विश्वमा नै ५० देखि ६० प्रतिशत मानिसहरुमा मानसिक स्वास्थ्यको समस्या भइरहेको तथा अझ यसको संख्या बढ्ने तर्फ विश्वकै ध्यान केन्द्रीत भइरहेका कारण यस्ताखाले मनोपरामर्शका कार्यक्रमहरुले समाजमा मानसिक रोगीहरुलाई मृत्युको मुखमा पुर्याउने जोखिम कम हुने बलियो आधार हुन्छ । हिलेदेवीमा भएको यस्तो कार्यक्रमले यहाँबाट प्रशिक्षित भई जानुहुने सहभागीहरुले आफू रहेको समाजमा मानसिक रोगका कारण ज्यान गुमाउने जोखिम रहेका व्यक्तिहरुलाई परामर्श गर्नेकाम गर्नुहुनेमा मलाई विश्वास रहेको छ ।


कार्यक्रममा सुनापति गाउँपालिका वडा नं. १ का वडाध्यक्ष चण्डेश्वर चौलागाई, पालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणी काफ्ले, शिक्षा शाखा प्रमुख कमल बम लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमलाई संचालन तथा सहजीकरण आयोजक संस्था सगरमाथा अध्ययन केन्द्रकी सचिव बिमला ग्यापकले गरेकी थिइन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

देशमा धेरै राजाहरु हुँदा विकास भएन : कडेल

Next Post

नगरप्रमुख बस्नेतको भनाई प्रती पत्रकारको संगठन आक्रोशित

Next Post
नगरप्रमुख बस्नेतको भनाई प्रती पत्रकारको संगठन आक्रोशित

नगरप्रमुख बस्नेतको भनाई प्रती पत्रकारको संगठन आक्रोशित

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...