Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

गाेकुलगङ्गामा नेकपाकाे भव्य कार्यक्रम सम्पन्न, जिम्मेवारी पाए महिलाहरुले समेत राम्रो काम गर्न सक्ने उदाहरण

जनता भ्वाइस by जनता भ्वाइस
January 25, 2021
in राष्ट्रिय समाचार, समाचार
0
गाेकुलगङ्गामा नेकपाकाे भव्य कार्यक्रम सम्पन्न, जिम्मेवारी पाए महिलाहरुले समेत राम्रो काम गर्न सक्ने उदाहरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

माघ १२, रामेछाप


पछिल्लो समय, तत्कालिन नेकपा एमाले र नेकपा माओवादी (केन्द्र) जठजोड भएर बनेको नेपाल कम्युनिष्ट पार्टी केही दिन अघि मात्रै दुई चिरामा विभाजन भएको छ । यसै बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले करिब २ तिहाई बहुमत सहितको बलियो सरकारको संसदलाई विघटन गरी आगामी बैशाखमा चुनाव गर्ने मिति समेत सार्वजनिक गरिरहेका छन् । यसै सन्दर्भमा ओली समूह र प्रचण्ड– नेपाल समूहका कार्यक्रमहरु जिल्लाका विभिन्न तहमा संचालन भइरहेका छन् ।


केही दिन पहिलो नेकपा प्रचण्ड – नेपाल पक्षले दोरम्बा गाउँपालिका वडा नं. २ नेकपा वडा कमिटिले गरेको कार्यक्रममा नेता लिलामणी पोखरेलले सम्बोधन गरेका थिए भने स्थानीय नेता कार्यकर्ताहरुले वर्तमान प्रधानमन्त्री ओलीले गरेको संसद् विघटनलाई असंवैधानिक कदम भनि विरोध समेत गरिरहेका छन् ।


यसैबीच, गत शनिबार गोकुलगंगा गाउँपालिकामा विभाजित नेकपाको ओली पक्षका अगुवा कार्यकर्ता भेला पनि भव्यताका साथ सम्पन्न भएको छ । स्थानीय तत्कालिन नेकपा एमाले संवद्ध अनेरास्ववियू राजनीतिबाट आएका युवा नेता दीपक कार्कीको अध्यक्षतामा भएको अगुवा कार्यकर्ता भेलामा तत्कालिन नेकपा एमाले प्रति आस्था राख्ने स्थानीयस्तरका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति भएको हो ।


नेकपा ओली समूहको गोकुलगंगा गाउँपालिका अगुवा कार्यकर्ता भेलामा प्रमुख अतिथिको रुपमा नेकपा केन्द्रीय सदस्य तथा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुङ्गेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो भने स्थानीय रुपबाट गाउँपालिकाकी उपाध्यक्ष राधिका श्रेष्ठले प्रमुख भूमिका निर्वाह गरेकी थिइन् ।
कार्यक्रमको सुरुदेखि अन्त्यसम्मको अवस्थालाई हेर्दा स्थानीय नेता कार्यकर्ताहरुमा कार्यक्रम प्रतिको लगाव र चासो निकै जाँगरिलो समेत देखिएको थियो । उता प्रचण्ड–नेपाल समूहका नेता तथा वर्तमान प्रदेश सरकारका साँसद् शान्तिप्रसाद पौडेलको गृहतहमा ओली समूहकी, त्यो पनि महिला नेतृ गीता कार्कीले कस्तो कार्यक्रम गर्लिन् भनेर चौतर्फी हाँसो फैलिरहेका बेला शनिवारको कार्यक्रमले महिलाहरुमा पनि राजनैतिक प्रभाव र कार्यक्रम संयोजनको भूमिका निकै गहन भएको कार्यक्रममा सहभागी स्थानीय एक नेकपा कार्यकर्ताले प्रतिक्रिया दिएका छन् ।


वर्तमान आली समूहकै जिल्ला स्तरका नेताहरुले जिल्लामा कम परिचित नव प्रवेशी केन्द्रीय सदस्य, त्यो पनि महिला– गीता कार्कीले कसरी कार्यक्रम आयोजना गर्लिन् भनेर टिका टिप्पणी भइरहँदा राजनीतिमा युवाहरुले चाहे भने जस्तो सुकै कठिन कार्यपनि सहजताका साथ सम्पन्न गर्छन् भन्ने उदाहरण प्रस्तुत गरेकी छिन् । कार्कीलाई नेकपा ओली समूहले गोकुलगंगा गाउँपालिका इन्चार्ज बनाएसँगै आफ्नो क्षेत्रमा कार्यक्रम गर्न हतारिएकी कार्कीले निकै मेहनत र समन्वयका साथ कार्यक्रम सम्पन्न गर्न सकेकोमा कार्यक्रमका सबै सरोकारवाला पक्षहरुलाई धन्यवाद् दिएकी छिन् ।
गोकुलगंगा गाउँपालिका अगुवा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न भएपछि जनता भ्वाइसले ‘गोकुलगंगा गाउँपालिका अगुवा कार्यकर्ता भेला सम्पन्न गर्दा कस्तो महसुस भएको छ ?’ भनि सोधिएको प्रश्नमा नेतृ कार्की यसो भन्छिन्, ‘पार्टी राजनीतिमा नयाँ पुरानो भन्दा पनि समन्वयको क्षमता कति, को सँग छ या छैन भन्ने कुरा प्रमुख हुँदो रहेछ । यो कार्यक्रम समापन भइसकेपछि मैले यस कार्यक्रमको संयोजनको क्षणलाई याद् गर्दैगर्दा मेरै पार्टीका पुराना भनिनुहुने नेताहरुले गीताले यो कार्यक्रम गर्न सक्ली र ? भन्ने खालका सवाल उठाउनु भएको सुनेको थिएँ । त्यो प्रश्न तथा शंका उपशंका अनि टिका टिप्पणीले मलाई झनै कार्यक्रमलाई सार्थक बनाउनु पर्छ भन्ने हुट्हुटी लगाएको महसुस गरेकी थिएँ । समन्वयको पाटोलाई अझ प्रभावकारी बनाउँदै आज कार्यक्रम भव्य बनाउन सकियो । यसमा निकै खुशी लागेको छ । पालिका इन्चार्ज भएको नाताले मैले कार्यक्रम सफलतापूर्वक सम्पन्न गरें भन्ने जश पाउनु स्वभाविक हो । तर म सँगसँगै यहाँका जुझारु नेकपाकालाई मायागर्ने जनसमुदाय तथा कार्यक्रम आयोजनामा खटिनुहुने दुई पात्र पालिका उपाध्यक्ष राधिका श्रेष्ठ र पालिका पार्टी सचिव दीपक कार्की लगायतको ठूलो भूमिका रह्यो । यसका लागि उहाँहरु लगायत गोकुलगंगा गाउँपालिका भित्रका सम्पूर्ण जनसमुदायहरुमा हार्दिक धन्यवाद् ज्ञापन गर्न चाहन्छु ।’


उक्त कार्यक्रममा अतिथिको रुपमा पुगेकी मन्थली नगर उपप्रमुख माया कार्कीले महिलाहरु कुनै पनि क्षेत्रमा प्रभावकारी कार्यसम्पादनमा कमजोर नभएको प्रतिक्रिया दिएकी छन् । कुराकानीकै क्रममा गोकुलगंगा गाउँपालिका भित्र नेकपालाई माया गर्ने ठूलो समूह रहेको र उनीहरुको मनोभावना अनुसार कार्यसम्पादन गर्दै जानुपर्ने बताएकी छिन् ।


बिहिबार सम्पन्न भएको कार्यक्रममा गोकुलगंगा गाउँपालिकाभित्र रहेका पूर्व नेकपा एमाले समर्थित् नेता तथा कार्यकर्ता मात्र नभई स्थानीय नेपाली काँग्रेस र पूर्व माओवादीका नेता तथा कार्यकर्ताहरुको समेत उपस्थिति रहेको थियो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

बेरुजु फर्छ्‍यौटको प्रगतिमा नेपाल प्रहरी पुन: सर्वोत्कृष्ट

Next Post

जनतालाई चुनाव हैन, कोरोनाको ओखती चाहिएको छ

Next Post
जनतालाई चुनाव हैन, कोरोनाको ओखती चाहिएको छ

जनतालाई चुनाव हैन, कोरोनाको ओखती चाहिएको छ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...