Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

टोपी लगाएको हो, श्रीपेच लगाएको नठान्नुस् केपी ओली जी : नेता श्रेष्ठ

जनता भ्वाइस by जनता भ्वाइस
February 4, 2021
in राष्ट्रिय समाचार, समाचार
0
टोपी लगाएको हो, श्रीपेच लगाएको नठान्नुस् केपी ओली जी : नेता श्रेष्ठ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

माघ २२, रामेछाप ।


विघटित प्रतिनिधिसभा सदस्य श्यामकुमार श्रेष्ठ कुशलले प्रधानमन्त्री केपी ओलीलाई टोपी लगाउने कुरामा द्विविधा हुँदा श्रीपेच लगाएको नसोच्न आग्रह गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षले आज गरेको देशव्यापि आम हड्ताल समापनको अवसरमा मन्थलीको देवकोटा चोकमा भएको कोणसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।


‘प्रधानमन्त्री केपी ओलीले गरेका हरेक प्रतिगमनकारी निर्णय र कार्यशैली फोहोर हो, जसलाई सफा गर्ने समय अझै छ । त्यसैको प्रतीकका रुपमा हामीले सडक सफाई गर्ने कार्य गरेर आजको बन्दको आरम्भ गरेका हौं । नेपाल बन्दलाई सहयोग गर्ने सम्पूर्ण रामेछापबासीहरुमा हार्दिक धन्यवाद् दिन चाहन्छौं ।’ श्रेष्ठ बताउँछन् ।


बिहिबार बिहानै रामेछापका सहयोगी मनले आयोजना गरेको मन्थली बजार सरसफाई अभियानसँगै सडकमा झाडु लिएर निस्किएका नेकपा दाहाल–नेपाल पक्षका नेता कार्यकर्ताहरुको उपस्थितिको तुलनामा बन्द समापन भएको खुशीयालीमा कोणसभामा कार्यकर्ताहरुको उपस्थिति भने अत्यन्तै न्यून रहेको देख्न सकिन्थ्यो । बुधबार साँझ नेपाल बन्दको आयोजनाको उद्घोष गर्नका लागि निकालिएको राँके जुलुशमा सहभागी भएका नेता कार्यकर्ताहरु बिहिबार दिउँसो बन्द समापन गर्ने कोणसभामा उपस्थित नहुनुले कार्यकर्ताहरुमा नै धैर्यताको अभाव रहेको नजिकै उभिएर कोणसभालाई हेरिरहेका एक व्यक्तिले जनता भ्वाइसलाई बताएका छन् ।


नेकपा दाहाल नेपाल समूहको बन्दको प्रभावका देशका केही स्थानमा सवारी साधनमा आग्जनी भइरहँदा मन्थलीमा बिहानै झाडु लिएर सडक सफाईमा नेकपाका नेता कार्यकर्ता ओर्लनुले बन्दकारीको मानसिकतामा सिर्जनशीलता छाएको रामेछापका सहयोगी मन रासमका एक सदस्य बताउँछन् ।

बिहानै नेपाल बन्दलाई सफल बनाउन अत्यावश्यक कार्यका लागि सवारी साधन लिएर सडकमा निस्किएकाहरुको सवारी साधन ठप्प बनाउने र चल्नै नदिई बन्द सफल बनाउने सोच बोकेर यदि बन्द आयोजना गरिएको रहेछ भने पनि बन्दकारीहरुलाई मानसिक रुपमा नै सरसफाई जस्तो प्रभावकारी काममा सहभागी गराउन सफल भएकोमा आफूहरुलाई निकै सन्तुष्टि मिलेको रासमको बुझाई छ, साथै आफूहरुको बजार सफाई यात्रामा सहयात्रा गर्न नेकपा दाहाल नेपाल पक्ष इच्छुक भएकोमा सबै सहभागी नेता कार्यकर्ताहरुलाई रासमले धन्यवाद् दिएको छ ।


नेकपा दाहाल नेपाल पक्षले गरेको नेपाल बन्दमा रामेछाप जिल्लामा कुनै पनि अप्रिय घटना नघटेको जिल्ला प्रहरी प्रमुख नवराज ढुङ्गाना बताउँछन् । यद्यपि बन्दकै समयमा भने जिल्ला प्रहरी कार्यालयले केही सवारी साधनहरुलाई स्कर्टिङ् गरि सेलेघाटदेखि खिम्तीसम्म पुर्याएको प्रमुख ढुङ्गानाले बताएका छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नेकपा रामेछापको पार्टी कार्यालयमा प्रचण्ड माधव समूहको कब्जा

Next Post

घरमुलीको हत्यापछि परिवार नै विस्थापित (भिडियो सहित)

Next Post
घरमुलीको हत्यापछि परिवार नै विस्थापित (भिडियो सहित)

घरमुलीको हत्यापछि परिवार नै विस्थापित (भिडियो सहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...