उद्धव अविचल
(महोत्तरी संवाददाता)
पछिल्लो समयमा राप्रपाको देशैभरी अगुवा कार्यकर्ता भेला भइरहेको अबस्थामा महोत्तरी जिल्लामा पनि यो अभियानले निरन्तरता पाएको छ। आज पूर्व मन्त्री शुशिल श्रेष्ठको प्रमुख आथित्यतामा महोत्तरी जिल्लाको क्षेत्र नं क अन्तर्गतको बिजलपूरामा पनि अगुवा कार्यकर्ता भेला तथा सक्रिय सदस्यता बितरण समारोह सम्पन्न भएको छ। पार्टिका केन्द्रीय सदस्य प्रमोद कुमार सिंह, शशी रजंन यादवको समेत उपस्थितिमा भएको भेलामा करिव पचास जनाले सक्रिय कार्यकर्ताको परिचय पत्र लिएका छन्।
कार्यक्रममा बोल्दै पार्टिका तत्कालिन प्रवक्ता एव् पूर्व मन्त्री श्रेष्ठले भने” राप्रपा अब यो देशको पहिलो बैकल्पिक शक्ति हो , अब कसैको तागतले हामीलाई रोक्ने छैन, किनकि हामी आम नेपालीले चाहेको हिन्दु धर्म र संबैधानिक राजतन्त्रको पक्षमा छौ। हिजो पनि हामीलाई जनताले माया गरेकै हुन् यो बिचमा हामी संगठन निर्माणमा थोरै चुक्यौ र अलि पछाडी पर्यौ अब हामीले एउटा गति लिईसकेका छौ , पछाडी पर्कनेवाला छैनौ हामी जनता माझ गएर उहाहरुको मन जितेरै छाड्ने छौ।”
बैशाखमा हुने पार्टीको महाधिबेशनलाई बिशेष ख्याल गर्दै अहिले सबै क्षेत्र, जिल्ला र प्रदेशमा संगठन निर्माणको काम तिब्र गतिमा भइरहेको कुरा पनि पूर्व मन्त्री शुशिल श्रेष्ठले बताउनु भयो।