Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सन्ताउन्नौं पटक रक्तदान गरे डा. न्यौपानेले, रक्त संकट टार्ने कर्ममा शुभजीवनको सक्रियता

जनता भ्वाइस by जनता भ्वाइस
April 18, 2021
in समाचार, स्वास्थ्य
0
सन्ताउन्नौं पटक रक्तदान गरे डा. न्यौपानेले, रक्त संकट टार्ने कर्ममा शुभजीवनको सक्रियता
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter


बैशाख ०५, रामेछाप


सिन्धुली जिल्लाको खुर्कोटमा रहेको बहुचर्चित अस्पताल शुभजीवन हस्पिटलका डा. राजन न्यौपानेले ५७ औं पटक रक्तदान गरी हिजो शनिवार उल्लेख्य सहभागिता सहित सो कार्यक्रम सम्पन्न गरेका छन् ।


आम मानवीय स्वास्थ्य सेवा सहित् विशेषगरी स्त्री रोग निदान केन्द्रको रुपमा परिचित शुभजीवन हस्पिटलले नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा रामेछापको सहयोगमा शनिवार रक्तदान कार्यक्रम आयोजना गरेको हो । अस्पतालका कर्मचारी र स्थानीय सहित कूल ४० जना रक्तदाताहरुले उक्त रक्तदान कार्यमा सहभागिता जनाएका थिए ।


विगतका दिनहरुमा नेपालको दुर्गम जिल्ला बाजुरा सेवारत हुँदा सुत्केरी हुन स्वास्थ्य संस्था आएकी महिलालाई आफ्नै रगत दिएर डा. न्यौपानेले बचाएको समाचारहरु प्रकाशन भएका थिए । शनिवार शुभजीवन अस्पतालमा आयोजना गरिएको रक्तदान कार्यक्रममा आफूले ५७ औं पटक रक्तदान गरेको न्यौपानेले बताएका छन् । ‘जीवनमा १ सय पटक रक्तदान जस्तो पुण्यकर्म गर्न मन छ । आफ्नो शरीरलाई कुनै क्षति नहुने तर आफ्नो रगतले अरुको जीवन बाँच्ने भएकोले आफूलाई रक्तदान गर्न जाँगर चल्ने डा. न्यौपानेको कथन छ ।


कोरोना भाइरस कोभिड १९ को दोस्रो चरणको प्रभाव विश्वव्यापि रुपमा देखिरहँदा नेपालमा पनि यसले पार्ने सम्भावित खतरालाई मध्येनजर गरी आफूहरुले रक्तदान कार्यक्रमको आयोजना गरेको शुभजीवन हस्पिटलका मनोचिकित्सक किशोर थापा बताउँछन् । भोलि देशब्यापि रुपमा कोरोनाको संकट आउन सक्ने र अस्पतालहरु बिरामीलाई रगत आवश्यक पर्ने भएकोले केही रगतको जोहो गरेको थापाले बताएका छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

दोरम्बामा अनलाईनबाट घटना दर्ता सुरु

Next Post

शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय

Next Post
शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय

शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...