रामेछाप । नेपाल पत्रकार महासंघ रामेछापले स्थापना गरेको पत्रकार संकट ब्यबस्थापन कोषमा ब्यवसायी एबं समाजसेवी बिनोद श्रेष्ठले २५ हजार रुपैयाँ सहयोग गरेका छन् ।
द्धिपज्योति हार्डवेयर मन्थलीका संचालकसमेत रहेका श्रेष्ठले पत्रकार महासंघ रामेछापले स्थापना गरेको पत्रकार संकट ब्यबस्थापन कोषमा २५ हजार रुपैयाँ सहयोग गरेका हुन् । मन्थली नगरपालीका वडा नं १३ देवीटार घर भएका श्रेष्ठ स्थानिय निर्वाचनमा नेकपा माओवादी केन्द्रका वडा अध्यक्षका उमेद्वार समेत रहेका थिए । श्रेष्ठले पत्रकारहरुले अरुका लागि काम गर्नू पर्ने भएको र उनिहरुले विपद्को बेलामा पनि सूचना संकलनका लागि जीवन जोखिममा राखेर हिड्नु पर्ने हुँदा उनिहरुलाई जोखिम पनि उत्तिकै हुने भएकोले आफुले महासंघले खडा गरेको विपद् ब्यवस्थापन कोषमा उक्त रकम जम्मा गरेको बताए ।
यस अघि पनि सामाजिक क्षेत्रमा क्रियाशिल श्रेष्ठले सबैले गरेको सहयोगको कोषको थैलीलाई ओजपुर्ण बनाउन सहयोगी भूमिका निर्वाह गरेको भन्दै नेपाल पत्रकार महासंघ रामेछाप शाखाले उहाँलाई धन्यवाद समेत दिएको छ ।