Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

जन प्रतिनिधिको मिलेमतोमा बढी मुल्यमा डोजरको प्रयोग

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
जन प्रतिनिधिको मिलेमतोमा बढी मुल्यमा डोजरको प्रयोग
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter
     
रामेछाप १६ । रामेछाप नगरपालीका वडा नं ३ साँघुटारमा वडाध्यक्ष सहितका जनप्रतिनिधिहरुको समेत  मिलेमतोमा बढि मुल्यमा डोजर लगाउने काम हुदै आएको  छ । उक्त वडामा विगत ३ वर्ष देखि सडक लगायत निर्माणका कामहरु विना प्रतिस्पर्धा वडाध्यक्ष लगायत वडा समितिका  पदाधिकारीहरुको स्वार्थ अनुकुल उनिहरुको पहुँच भित्र रहेको एउटै स्काईभेटरले  जनप्रतिनिधिहरु संगको सांठगाठका आधारमा काम गर्दा विना प्रतिस्पर्धा बढि मुल्यमा काम गरेको  आरोप नेपाली काँग्रेसले लगाएको हो  । 

अहिले पनि त्यसैलाई निरन्तरता दिंदै लिखु करिडोर अन्र्तगत साँघुटार सिरिसे सडक खण्डका लागि प्रदेश सांसद विकास कोषबाट प्राप्त वजेट २० लाख रुपैयाँको काम पनि विना प्रतिस्पर्धा यस अघि वडा कार्यालयले प्रयोग गर्दे आएको स्काईभेटरलाईनै दिने तय भएपछि आफुहरुले प्रतिस्पर्धाका आधारमा कम मुल्यमा काम गर्ने स्काईभेटरलाई काम दिनका लागि लिखित रुपमा वडा कार्यालयमा निबेदन दिएको नेपाली काँग्रेस साँघुटारका ईकाई सभापति मनोज खड्काले बताए ।
यस अघि वडा कार्यालय बाट हुने हरेक निर्माणका काममा सोहि स्काईभेटरबाट काम हुने गरेको भएपनि त्यतिबेला प्रतिस्पर्धाका लागि अन्य मेसिन नआएकोले आफुहरुले यसबारेमा केहि नभनेको पनि खड्काले बताए। अहिले फेरी सडकको लागि आएको २० लाख रुपैयाका लागि पनि वडा अध्यक्ष भुपाल श्रेष्ठ संगकै मिलेमतोमा उपभोक्ता समितिले प्रति घण्टा ४ हजार ५ सय रुपैयाँमा काम गर्ने स्काईभेटर तयार हुँदा हुँदै प्रति घण्टा ५ हजार रुपैयाँमा काम गर्ने गरि पुरानै स्काईभेटरले काम गर्न तयारी गरेपछि आफनो पार्टि उक्त बद्मासिका विरुद्ध उत्रन बाध्य भएको पनि सभापति खड्काले बताए।


खड्काका अनुसार – वडा अध्यक्षले आफुहरुको लिखित गुनासोको सम्बोधन गर्नुको साटो तपाईहरुले जे सक्नु हुन्छ गर्नाेस कहाँ जानु पर्छ जानुस,यहाँका जनतालाई मैले राम्ररी चिनेको छु । काम भनेको पुरानै मेसिनले गर्नै भन्दै धम्किको भाषा प्रयोग गर्नु भयो । उक्त निबेदन उपर अध्यक्षले आईतबार सम्म पनि कुनै चासो नदिएर वे वास्ता गरेको आरोप पनि खड्काले लगाए। उक्त मेसिनले स्थानिय हिमगंगा माविको जमिन सम्मयाउँदा प्रति घण्टा ४ हजार ५ सय रुपयाँमा काम गरेको नजिर हुँदा हुँदै वडाले नगर र वडाको बजेटको काम भने प्रति घंण्टा ५ हजारका दरलेनै गर्दे आएको खड्काको भनाई रहेको छ ।


यस बारेमा वडाध्यक्ष भुपाल श्रेष्ठ संग सम्पर्क गर्दा उहाँले वडा कार्यालयमा निबेदन आएको स्वीकार गर्दै आफु ब्यस्त भएकोले त्यसबारेमा आफुले आईतबार वडा कार्यालयमा छलफल गराउने जिम्मा वडा सदस्यलाई दिएको बताए । घटेर काम गर्ने भन्ने कुरा जानकारीमा आएको भएपनि रामेछाप नगरपालीकाका अरु वडाको तुलनामा आफुले कम रेटमा काम गरेको उदाहरण उनले दिए । अन्य वडाले प्रति घंटा ६ हजार देखि ६ हजार ५ सय सम्ममा डोजर लगाएका छन् । तर अहिले सम्म प्रति घंण्टा ५ हजारमा नै काम गरेर नगर भरिमा आफुहरुले सस्तो मुल्यमा उदाहरणिय काम गरेको उनले दावि गरे ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

पत्रकार संकट व्यवस्थापन कोषमा श्रेष्ठको सहयोग

Next Post

कांग्रेस राकाथुमद्धारा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग

Next Post
कांग्रेस राकाथुमद्धारा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग

कांग्रेस राकाथुमद्धारा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...