Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सँधैको लोडश्रेणिङ

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
सँधैको लोडश्रेणिङ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप ।नेपाल विद्युत प्राधिकरण रामेछाप वितरण केन्द्रले लापरबाहि गरेको कारण समस्यामा परेको भन्दै स्थानियहरू विद्युत कार्यालयमा धर्ना बसेका छन् । रामेछाप वितरण केन्द्रले अनिन्त्रित रुपमा बत्ति काट्दा सेवाग्राहिहरूको भौतिक क्षति समेत भएको कारण धर्ना बस्न परेको हो ।
बिगत दुई महिना देखि अनियन्त्रित र अव्यवस्थित लोडश्रेङिङ भएको भन्दै स्थानियहरू आक्रोशित भएका छन् । एक दिनमा १७ पटक सम्म बत्ति जाँदा सर्वसाधरण सँगै व्यवसायिहरुलाई समेत समस्या भएको युवा व्यवसायी जयराम मानन्धर बताउँछन् । पटक पटक बत्ति जाँदा मोबाईल, कम्युटर, एक्सरे मेसिन सहित जलेको व्यवसायिहरूको गुनासो छ । साथै विद्युत प्राधिकरणका कर्मचारी मिटर रिडिङ गर्न नजाँदा समेत सेवाग्राहिहरू सँग जरिवाना असुलेको उनिहरूको गुनासो छ ।
धेरै जसो समय बिद्युत नहुँदा बैङ्किङ तथा सरकारी कार्यलयको काममा समेत ढिलाई हुने गरेको नागरिकको गुनासो छ । लोडश्रेणीङको समयमा पसलहरुमा चर्को मुल्य तिरेर काम गराउन परेको उनिहरू बताउँछन् ।
रामेछापको मन्थलीमा हुने गरेको अत्याधिक गर्मीका लागि पनि विद्युतको अत्यावश्यक छ । सरोकारवालाहरूले बारम्बार रामेछाप वितरण केन्द्रमा गुनासो गर्दा समेत लोडश्रेणिङ व्यस्थापन नभए पछि सरोकारवालाहरू धर्नामा उत्रेको देवकोटाचोक टोल सुधार समितिका अध्यक्ष सुरेश उदाश बताउँछन् । अब पनि यसको समाधान नभएमा विद्युत प्राधिकरण रामेछापको कार्यालय घेराबन्दि गर्ने तथा तालाबन्दि गर्ने उनिहरूको भनाई छ ।
समस्या समाधानमा लागि खबर गरेर आउँदा समेत नेपाल विद्युत प्राधिकरण रामेछाप वितरण केन्द्रका कार्यालय प्रमुख कार्यालयमा नबसेकोमा सेवाग्राहिले आपत्ति जनाएका छन् । सेवाग्राहिले तिरेको पैसाले तलब खाएर सेवाग्राहि कै कुरा नसुन्ने मान्छे सेवाग्राहिको हितमा नहुने नेपाली कांग्रेस, रामेछापका सचिव लेखबहादुर कार्कीको भनाई छ ।
यहि प्रकृतिको समस्या दोहोरिएर सेवाग्राहिमा नियमित विद्युत आपुर्ती नभए समयको माग अनुसार विरोधमा उत्रिने समेत रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशव घिमिरेले सांकेतिक चेतावनी दिएका छन् ।
लामो दुरिबाट बिद्युत ल्याएको कारण बारम्बार बत्ति जाने गरेको विधुत कार्यालय रामेछापका प्रमुख कृष्णहरि दहाल बताउँछन् । वर्षाको बेलामा रुख विरुवा लडेर तार चुडाउने र कहाँ बिग्रेको भनेर पत्ता लगाउनै समय लाग्ने भएकोले समस्या आई रहेको उनको भनाई छ ।
अघिल्लो वर्षाको बेलामा केहि समय लोडश्रेणिङ हुने गरेको भए पनि यति धेरै नहुने गरेको सेवाग्राहिको गुनासो छ । कार्यालय प्रमुखकै लापरबाहीका कारण सेवाग्राहिले सास्ती भोग्नु परेको स्थानिय बताउँछन् ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

म किसान सँग सति जान सक्दिन-महेश बस्नेत

Next Post

सीसीएमसीको बैठक बस्दै, कोरोना नियन्त्रण गर्न रणनीति बनाउने तयारी

Next Post
सीसीएमसीको बैठक बस्दै, कोरोना  नियन्त्रण गर्न रणनीति बनाउने तयारी

सीसीएमसीको बैठक बस्दै, कोरोना नियन्त्रण गर्न रणनीति बनाउने तयारी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.