Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

प्रतिवेदन लुकाउँदै ध्यानाकर्षण

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
प्रतिवेदन लुकाउँदै ध्यानाकर्षण
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

मन्थली नगरपालिका वडा नं. १ मा सञ्चालित मन्थली माध्यामिक विद्यालयमा भएको चरम अनियमितताको लागि गठित स्थलगत छानविन समितिले पेश गरेको प्रतिवेदन लुकाउन मन्थली नगरपालिकाले ध्यानाकर्षण सार्वजनिक गरेको छ ।

स्थलगत छानविन प्रतिवेदन सार्वजनिक गर्ने भन्दै नगरपालिकाले गरेको पत्रकार सम्मेलनमा समेत सारसंक्षेप दिँदै आँखामा छारो हाल्ने काम गरेको थियो । पत्रकारहरूले  स्थलगत छानविन प्रतिवेदन लुकाएको भन्दै समाचार प्रकाशन गर्दा नगरपालिकाले उक्त प्रतिवेदन दिनको सट्टामा ध्यानाकर्षण निकाल्दै आफूलाई पानी माथीको ओभानो बनाउन खोजेको छ ।

https://janatavoice.com/2021/09/09/%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a5%e0%a4%b2%e0%a5%80-%e0%a4%ae%e0%a4%be%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%a8%e0%a4%bf%e0%a4%af%e0%a4%ae%e0%a4%bf%e0%a4%a4%e0%a4%a4%e0%a4%be/

हेर्नुस् नगरपालिकाको ध्यानाकर्षण जस्ताको त्यस्तै

ध्यानाकर्षण

मन्थली नगरपालिका वडा नं. १ मा सञ्चालित मन्थली माध्यामिक विद्यालयका विरुध्द नगरपालिकामा परेको उजुरीको कारवाही र किनाराका लागि गठित स्थलगत छानविन समितिले पेश गरेको प्रतिवेदन सार्वजनिकिकरणका लागि गरिएको पत्रकार सम्मेलन र छानविन समितिको प्रतिवेदनका सन्दर्भमा सामाजिक सञ्जाल तथा अनलाईन खवरमा आएको टिप्पणी प्रति यस नगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको छ ।

प्रतिवेदनले औल्याएका अनियमितताका विषयमा प्राप्त सुझाव अक्षरशः कार्यान्वयन गरी विवरण पेश गर्ने गरी नगर शिक्षा समितिले निर्णय गरी कार्यारम्भ समेत भई सकेको छ ।

मन्थली माध्यामिक विद्यालयमा नमुना विद्यालय कार्यक्रम लागु भएको र सो कार्यक्रम सञ्चालनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरबाट आ.व.२०७७/७८ मा भौतिक पूर्वाधार निर्माणतर्फ रु एक करोड र शैक्षिक व्यवस्थापनतर्फ रु पचास लाख गरी रु एक करोड पचास लाख रुपैया उपलब्ध गराउने गरी यस नगरपालिकामा अख्तियारी सहित वजेट प्राप्त भएको थियो । अनुदान रकम उपलब्ध गराउदा विद्यालय र स्थानीय तहबीच सम्झौता गरी विद्यालयले भौतिक निर्माण कार्य गर्दा सार्वजनिक खरिद ऐन तथा नियमावली भित्र रही स्वीकृत गुरुयोजनाको प्राथमिकतामा रहेको भौतिक निर्माण कार्य गर्ने गरी पहिलो पटक पचास प्रतिशत र वाँकि रकम कार्य प्रगतिका आधारमा उपलब्ध गराउन प्राप्त निर्देशन र कार्यविधि बमोजिम मिति २०७७/०७/२४ मा पहिलो किस्ताको रकम निकासा गरिएको थियो । आर्थिक वर्षको उत्तरीधमा कार्यको लागि विद्यालयलाई ताकेता गर्दै गर्दा मिति २०७८ असार २३ गते शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट प्रेषित परिपत्रबाट लेखा परीक्षण, सामाजिक परीक्षण लगायतका कार्यहरुका लागि सम्बन्धित विद्यालय नै जिम्मेवार र जवाफदेही हुने गरी स्वीकृत कार्यक्रमको लागि विनियोजित वजेट सम्बन्धित विद्यालयको खातामा निकासा दिइ सम्पन्न  बाँकी काम यथाशिघ्र सम्पन्न गराउनु भन्ने प्राप्त निर्देशन बमोजिम मिति २०७८/०३/२५ गते अन्तिम किस्ता रकम मन्थली माध्यामिक विद्यालयको खातामा निकासा पठाईएको र सो बजेटबाट भए गरेको सम्पूर्ण निर्माण कार्यको जवाफदेही सम्बन्धित विद्यालय नै रहेको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

मन्थली माविको अनियमितमा नगरपालिकाको पर्दा

Next Post

सर्यो कांग्रेसको महाधिवेशन

Next Post
सर्यो कांग्रेसको महाधिवेशन

सर्यो कांग्रेसको महाधिवेशन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...